डुबेर बालकको मृत्यु

नुवाकोट / यहाँको सूर्यगढी गाउँपालिका–२ बागेश्वरीस्थित बोहोरेमा बाल्टिनको पानीमा डुबेर १९ महिने बालक नारायण धमलाको आज अपराह्न मृत्यु भएको छ ।
घरमा कोही नभएको समयमा पानीको भाँडोमा डुबेर कृष्णकुमार धमलाको छोरा नारायणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया