ट्रयाक्टरबाट खसेर सहचालकको मृत्यु

मोरङ / रंगेली नगरपालिका – ८ स्थित कानेपोखरी–चोप्राहा सडक खण्डमा ट्रयाक्टरबाट खसेर आज साँझ सहचालक रंगेली – ७ का ३० वर्षीय विकास मण्डलको मृत्यु भएको छ ।

को १ त ४५७९ नंको ट्रयाक्टरबाट खसेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक संजीवबाबु खड्काले जानकारी दिनुभयो । दर्वेसाबाट रंगेलीतर्फ आउँदै गरेको ट्रयाक्टरको अगाडिको सिटमा बसेका मण्डल त्यहीँबाट खसेका थिए । ट्रयाक्टरलाई नियन्त्रणमा लिइए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया