ट्रक दुर्घटनामा एकको मृत्यु

इलाम /  मेचीराजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिका–१ कोल्बुङस्थित किटेनीमा आज साँझ भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा रोलर चालक इलाम नगरपालिका–४ बस्ने ४० वर्षीय भीम नेम्वाङ रहेका छन् ।

झापाबाट इलामतर्फ रोलर बोकेर ल्याउँदै गरेको ना४ख ३६९ नंको ट्रक सडकबाट करिब १५० मिटर तल खसेको किटेनी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक हेम कटुवालले जानकारी दिनुभयो । दुर्घटनामा परी अन्य दुईजना घाइते भएको र घाइतेको झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया