टिपर र बस जुध्दा १६ घाइते 

सप्तरी, २८ पुस / पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका–४ स्थित कदमहामा आज बिहान १० बजे टिपर र बस ठोक्किँदा १६ जना घाइते भएका छन् । सिन्धुलीबाट काँकडभिटातर्फ जाँदै गरेको मे १ ख १९९४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ५८१८ नंको टिपर बाक्लो हुस्सुका कारण ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

घाइते सबैलाई लहानस्थित सप्तऋषि अस्पताल लहानमा उपचारका लागि पठाइएको र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया