झापामा सखुवाको चिरान काठ बरामद

बिर्तामोड। झापाको कनकाई नगरपालिका २ सेल्फी डाँडा नजिकै प्रहरीले चिरान काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरीको गस्ती टोलीले २५.८३ क्युवी सखुवाको चिरान काठ बरामद गरेको हो ।

वाटो छेउमा परालले छोपेर राखेको अवस्थामा आज विहान प्रहरीले वरामद् गरेको काठ सेक्टर वन कार्यालय सुरुङ्गालाई वुझाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया