झापामा एकै दिन व्राउनसुगर र खैरो हिरोइनसहित सात जना पक्राउ

बिर्तामोड । झापामा एकैदिन लागु औषध व्राउनसुगर र खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–२ निवासी २९ वर्षीय अर्जुन श्रेष्ठ र सोही नगरपालिका– १० का १८ वर्षीय मनिष खड्का, बिर्तामोड नगरपालिका– ६ निवासी २४ वर्षीय अनिष भण्डारी, पाँचथरको फिदिम नगरपालिका– १ घर भई हाल बिर्तामोड– ५ बस्तै आएका २८ वर्षीय रोशन न्यौपाने, बिर्तामोड नगरपालिका– ६ का ३० वर्षीय रामेश्वर चौधरी, सोही नगरपालिका– ३ निवासी ४८ वर्षीय प्रेम खड्का र मेची नगरपालिका– २ का २९ वर्षीय अर्जुन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुलाई पूर्वी नाका काकँडभिट्टास्थित मेची नगरपालिका– ६ र १० बाट पाँच पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जीतेन्द्र वस्नेतले जानकारी दिनुभयो ।प्रहरीले उनीहरुका साथबाट ब्राउनसुगर,खैरोहिरोइनसहित डाईजापाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, लुपिजेसिक ५० एम्पुल वरामद गरिएको बताइएको छ ।

बिहीबार बेलुका संघीय प्रहरी इकाइ चन्द्रगढी र लागूऔषध नियन्त्रण व्युरो काकँडभिट्टाबाट सादा पोशाकमा खटिएको प्रहरीको टोलीले लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

झापाकाे दमकमा दुर्इ बस जुद्धा चालक सहित १२ घाइते

झापामा एकै दिन व्राउनसुगर र खैरो हिरोइनसहित सात जना पक्राउ

मेचीनगरको वजेट एक अर्ब ३२ लाख

स्पिड ओभरसिजकी सञ्चालिका पक्राउ

अपराध नियन्त्रणका लागि बिर्तामोडमा चोक चोकमा सीसी क्यामेरा

जनता माविले यसरी ग-यो उपमेयरलाई विदाई

गुणस्तरहीन सघन शहरी विकास कार्यक्रम

श्रीमतीको हत्या आरोपमा पक्राउ

झापामा खाना पकाउने एलपी ग्यासकाे कालाेबजारी : प्रति सिलिण्डरमा २० रूपैया बढाएर बिक्रिबितरण

लाखाै लगानी बालुवामा पानी बराबर : उद्घाटन अघि नै भत्कियो घाट

तपाईको प्रतिक्रिया