झापाका २४ जना उम्मेदवारले अझैं बुझाएनन् खर्च विवरण

 झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवार मध्ये अझैं २४ जनाले निर्वाचन खर्च विवरण वुझाएका छैनन् ।निर्वाचन आयोगले तोकेको समयअवधि भित्र खर्च विवरण वुझाइसक्नु पर्नेमा प्रतिनिधिसभा तर्फका १० जना र प्रदेश सभा तर्फका १४ जनाले अझैं खर्च विवरण नवुझाएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा प्रतिनिधि र प्रदेस सभाका लागि स्वतन्त्रसहित १ सय ४१ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जनागरी १४१ जना उम्मेदवार मध्ये ११७ जनाले ३५ दिनभित्रै निर्वाचनको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिनुभयो । जिल्लामा मंसीर २७ गते मतगणना सकिएदेखि ३५ दिनभित्र अर्थात माघ ३ गतेसम्म समयअवधि ठूला दलका उम्मेदवारले सबै खर्च विवरण बुझाइसकेका छन् भने स्वतन्त्रसहित केही साना दलले खर्च विवरण समयअवधिमा बुझाउन नआएको उहाँले बताउनुभयो ।

खर्च विवरण नबुझाउने प्रतिनिधिसभा सदस्यतर्फका उम्मेद्वारहरु झापा – ३ बाट अविचन्द्र भण्डारी ( राष्ट्रिय जनमोर्चा), झापा –३ कै वीरेन्द्र सापकोटा ( स्वतन्त्र),झापा –४ बाट हरीभक्त संग्रौला (देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल),झापा –४ बाटै सुभाष अधिकारी (ग्रीन पार्टी नेपाल),झापा –४ बाट पर्शुराम काफ्ले (स्वतन्त्र) र झापा –४ बाट डिल्लीप्रसाद कट्टेल (स्वतन्त्र) रहेका छन् । यसैगरी झापा –५ बाट बासुदेव दुलाल (देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल), झापा –५ वाटै प्रेमबहादुर खडका (स्वतन्त्र), इन्द्रप्रसाद न्यौपाने (स्वतन्त्र) र इन्द्रराज अधिकारी स्वतन्त्र) रहेका छन् ।

यता प्रदेशसभा सदस्यतर्फ झापा– १ ः (क्षेत्र १) मनबहादुर लिम्बु (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), झापा –३ (क्षेत्र १) भक्तबहादुर विश्वकर्मा (देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल),झापा –४ (क्षेत्र १) हरिप्रसाद गौतम (देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल),झापा –४ (क्षेत्र २) पुरुषोत्तम काफ्ले (राष्ट्रिय जनमोर्चा), धिरजनारायण गणेश (राष्ट्रिय शिवसेना), धनबहादुर बुढाथोकी (स्वतन्त्र), दिनानाथ खतिवडा (स्वतन्त्र) र जग्गनाथ अधिकारी (स्वतन्त्र),झापा –५ (क्षेत्र १) रुद्र राई (देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल), कृष्णराज शर्मा (राष्ट्रिय मुक्ति आन्दोलन नेपाल), हरिप्रसाद अधिकारी (स्वतन्त्र), जम्मावती तिमल्सीना (स्वतन्त्र), खड्गप्रसाद अधिकारी (स्वतन्त्र) र डम्बरबहादुर गुरुङ (स्वतन्त्र)रहेका छन् ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २६ र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन ऐन २०७४ अनुसार कुनै पनि राजनीतिक दल÷ उम्मेदवारले निर्वाचन खर्चको विवरण ३५ दिनभित्र पेश नगरिएको खण्डमा ५ लाखसम्म जरिवाना गर्ने कानुनी व्यवस्था बनाएको छ ।राजनीतिक दल÷उम्मेदवारले आयोगले तोकेको जरिवाना पनि ६ महिना सम्म नबुझाएको खण्डमा ती दलका उम्मेदवारलाई ६ बर्ष सम्म कुनैपनि निर्वाचनमा भाग लिन रोक लगाउने व्यवस्था पनि गरेको आयोगमा उल्लेख गरिएको छ ।

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

दाताले दिएको करोडौंको जग्गा अतिक्रमण

बिश्वप्रकाश र कबिताको ‘भ्यालेन्टाइन डे’

बाली र पशुधन सुरक्षणका विषयमा अनभिज्ञ छन् झापाका किसान

गाउँको मुहार फेर्दै पूर्वसैनिक (तस्विरहरू सहित)

दक्षिणी झापामा भारतीय पक्षले सिमा मिच्दै सडक निर्माण कार्य तीव्र (भिडियाे सहित)

नेपालमा प्रतिवन्धित आयुर्वेद औषधिसहित तीन पक्राउ

विद्यालयमा विहे ! एकै दिन पाँच जोडीले कसे लगनगाठो (तस्विरहरू सहित)

झापाका २४ जना उम्मेदवारले अझैं बुझाएनन् खर्च विवरण

स्वर्गीय मदन ढकाललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

झापाकाे दमकमा दुर्इ बस जुद्धा चालक सहित १२ घाइते

तपाईको प्रतिक्रिया