छोराको विवाह गर्दा ३५ लाख रुपैयाँ जरिवाना : लगन गाठोले कसेको सम्वन्ध कसरी तोड्ने सबै अन्योलमा

सामान्य बोलचाल मात्रः बेहुली

झापा । कस्का वुवा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा ३५ लाख रुपैयाँ जरिवाना तिर्नु पर्छ भनेर । तर, झापामा भइदियो यस्तै । दश महिना अघि फूलमाला गरेर गतफागुन २० गते धुमधामका साथ बिवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका वुवा लालप्रसाद रेग्मीले वेहुली फिर्ता गर्दै ३५ लाख रुपैयाँ जरिवाना तिर्नुभएको छ । वुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा दुई दिनसम्म भएको वहसपछि रेग्मीले वेहुलीको भरण पोषण र पढाइखर्च बापत सो रकम दिने सहमति भएको गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलले जानकारी दिनुभयो ।

रेग्मीले सोही ठाउँ निवासी २१ वर्षीय युवतीसंग सामाजिक परम्परा अनुसार विवाह गरेका थिए । विवाहको भोलिपल्ट वेहुला र वेहुलीका आमावुवा बीच सम्धी ढोकभेट कार्यक्रम पनि भएको थियो । सम्धी ढोकभेट सकिएपछि राकेश वेहुली छाडेर वेपत्ता बनेका थिए । वेहुली छाडेर वेपत्ता बनेका राकेश भारत गएर बसेको र केहीदिन पछि आफन्तको सहयोगमा उनलाई झापा ल्याइएको थियो । झापा ल्याएलगत्तै उनी अहिले इलाका प्रहरी कार्यालय धुलावारीको हिरासतमा छन् ।

इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा रहेका राकेशमा शारीरिक समस्या रहेकाले वेहुली छाडेर भागेको बताउँदै उनका वुवा लालप्रसादले वुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा भन्नुभयो – छोरामा शारीरिक समस्या रहेछ हामीलाई थाहा भएन, बेहुलीको भविश्य नबिग्रियोस् म उनको भरणपोषण र पढाइ खर्चका लागि ३५ लाख रुपैयाँ दिन्छु । सँगै बाच्ने सँगै मर्ने बाचा गरेर लगन गाँठो कसेका रेग्मीले किशोरीको अस्मितामाथि गम्भीर खेलबाड गर्दै महिला हिंसा गरेको भन्दै छलफलमा सहभागी अधिकारकर्मीले रेग्मी परिवारको तिखो आलोचना गरेका थिए ।

आइतवार र सोमवार भएको वहसमा वेहुलीको भरणपोषण र शिक्षाका लागि उक्त रकम वेहुला पक्षले दिने लिखित सहमति भएपनि जग्गेमा सातफेरो घुमेर लगनगाँठो कसेको सम्वन्धलाई कसरी टुङ्ग्याउने भन्ने निष्र्कषमा भने पुग्न बाँकी रहेको गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताउनुभयो । त्यसको लागि पुनः आज दुई पक्षबीच छलफल हुने बताइएको छ । श्रोतका अनुसार वेहुलीले सिन्दुर पोते फिर्ता गरेर लगन गाठोले कसेको सम्वन्ध तोड्ने तयारी भएको छ ।

यता विवाहमा लागेको खर्च वेहुला र वेहुली दुवै पक्षले आ –आफ्नै व्यहोर्ने, वेहुली पक्षले वेहुला पक्षलाई दिएको सवै उपहार फिर्ता गर्ने र वेहुलाले वेहुलीलाई दिएको उपहार पनि फिर्ता गर्ने निर्णय भएको छ ।केटी भरण पोषणका लागि दिने भनेको ३५ लाख रुपैयाँ ३५ दिन भित्र दिने सहमति भएको बताइएको छ ।

गत फागुन २० गते विवाह गरेका राकेश विवाह लगत्तै २१ गते वेहुली छाडेर वेपत्ता भएका थिए । राकेश आफूमा शारीरिक अशक्तता ‘सेक्सुअल समस्या’ भएको भन्दै फरार भएका थिए । इलाका प्रहरी कार्यालय धुलावारीको नियन्त्रणमा रहेका राकेशको स्वास्थ्य परीक्षण समेत गरिएको प्रहरीले जनाएको छ ।

सामान्य बोलचाल मात्रः बेहुली

१० महिना अघि फूलमाला गरेर गत फागुन २० गते बिवाह गरेकी बुद्धशान्तिकी ती युवतीले केटा विदेशमा रहेको र फूलमालापछि फोनमा आफूहरुको कुरा नभएको तर सामाजिक सञ्जाल फेसबुकमा भने कुरा हुने गरेको बताएकी छन् । उनले बिहेको दिन पनि केटाको घर पुगेपछि आफूलाई मोबाइलमा इन्टरनेटको पासवर्ड हालिदिएको, त्यसपछि कुनै बोलचाल नभएको भन्दै आफू दिनभरको थकानले गलेको भनेर केटा बेलैमा सुतेको बताइन् ।

गाउँपालिकामा भएको वहसमा केटा बेपत्ता भए लगत्तै परिवारले आफ्नो गरगहना फुकाल्न लगाएको ती युवतीले बताएकी थिइन् । दुई दिनसम्म राकेश घर नफर्किएपछि माइतमा जानकारी गराएको उनले बताइन् । राकेश तीन वर्षदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा वैदेशिक रोजगारीमा रहेको र बिवाह गर्नु १० दिनअघि मात्रै घर आएको बताइएको छ ।

PURBELI TV

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

शहीद परिवार सरकारी सेवाबाट बञ्चित

झापा सुन व्यवसायी साजनको हत्यामा सम्लग्न थप दुई पक्राउ

विद्यार्थीकै भरमा स्वास्थ्य चौकी (भिडियाे सहित)

नगरप्रमुखको दादागीरि : न्याय माग्न जाँदा उल्टै कुटाई (भिडियाे सहित)

गुणस्तरहिन प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको निर्माणाधीन भवन (भिडियाे सहित)

छोराको विवाह गर्दा ३५ लाख रुपैयाँ जरिवाना : लगन गाठोले कसेको सम्वन्ध कसरी तोड्ने सबै अन्योलमा

सुन व्यापारी साजन मुखियाको हत्याको थप रहस्य खुल्दै (तस्विरहरू सहित)

मानव स्वास्थ्यमा गम्भीर खेलवाड, झापाका नाम चलेकै होटलहरूमा भेटीयो गड्यौला देखि स्याउस्याउ किरा सम्म (तस्विर तथा भिडियाे)

सुन व्यवसायीको हत्या आरोपमा माओवादीका पूर्व लडाकु सहित तीन पक्राउ

काजगमै सीमित मार्ग दर्शन, सडकमै रात बिताउँछन् बालवालिका

तपाईको प्रतिक्रिया