छात्रवृत्ति रकम प्रदान

 

पथरी । हङकङलाई कर्म थलो बनाएर गाउँका बिपन्न बर्गलाई सहयोग गर्दै आएका मोरङ मंगलबारेका जितेन्द्र चचोवाङले कक्षा ११ अध्ययनरत उर्लाबारी–२की मनिषा राईको पढाइ खर्चका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । उर्लाबारी–३ मंगलबारे स्थित योसेक क्लबका संस्थापक जितेन्द्र चोङबाङ र उनकी श्रीमती कौशिला लिम्बूले स्थापना गरेको जीवनज्योति जिउनका लागि शिक्षा छात्रवृत्ति कोष अन्तर्गत राईलाई सहयोग गरिएको हो ।

शुक्रबार मंगलबारे चोकमा रहेको योसेक क्लबको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच राईलाई नगद ९ हजार प्रदान गरिएको थियो । सोही कार्यक्रममा उनी लगायत अन्य ५ जना बिध्याथीलाई स्कुलको स्विटर समेत प्रदान गरिएको थियो । स्विटर पाउनेमा गरिव तथा जेहेन्दार दुर्गा माविका सायल श्रेष्ठ,स्मृति दनुवार,आशिका भट्टराई र सनुपकुवा माविकी विमला तिम्सिनालाई विद्यालयको स्वीटर प्रदान गरिएको छ ।

क्लबका अध्यक्ष भिष्म बुढाथोकीका अनुसार अघिल्लो वर्षदेखि शुरु गरिएको उक्त कार्यक्रम मार्फत विद्यार्थीहरुलाई वर्षभरी पुग्ने कापी÷कलम तथा स्टेशनरी,किताब तथा विद्यालयका पोशाक तथा शुल्कहरु क्लबले सहयोग गरिरहेको जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया