चुनाब आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताहरुको लागि श्रेष्ठको गतिलो झापड

पथरी । चुनाब आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताहरुको लागि उनको यो काम यतिबेला गतिलो झापड भएको छ । उर्लाबारी ९ का सुन्दर श्रेष्ठले गाउँमा समाजसेवाका माध्यमबाट गतिलो झापड हानेका छन् । जुन कुरा उनले सामाजिक काम गरेर सावित गरेका छन् । गाउँको स्तरोउन्नतीमा कसैको ध्यान त्यति नपुगेपछि मोरङ श्रेष्ठले आफ्नो नीजि खर्चमा समाजसेवा मार्फत गाउँ विकास गरिरहेका छन् । कहिले सडक बत्ति, खेलकुद , विद्यालयमा विविध सहयोग तथा बाटोघाटो निर्माणमा पनि उनको सहयोग उच्च छ । सहरमा बसेर पनि आफु जन्मे हुर्केको गाउँको विकास गर्दै आएका श्रेष्ठ हामीले नगरे कस्ले गर्ने अहिले नगरे कैले गर्ने भन्दै युवाहरुलाई उर्जा प्रदान गर्ने गरेका छन । सुन्दरलाई जान्ने बुझ्नेहरु भन्छन्, उहाँले गाउँको लागि महत्वपूर्ण सहयोग गरेका गर्नुभएको छ ।

उनले विद्यालयहरुमा सहयोग गरेका छन् भने गाउँमा सडकबत्ति जडान गरिदिएका छन् । आफ्नै लगानीमा बाटोघाटो निर्माण गरिदिएका छन । खेलकुल तथा कलासंस्कृति पनि उच्च सहयोग गरेका छन् । सकारात्मक सोच बोकेर सहयोगी हात फिजाएर आएको मानिसहरुलाई सुन्दरले अहिले सम्म खालि हात फर्काएका छैनन् । उर्लाबारी ९ को प्रभात निमाविमा उनले मञ्च निर्माण गरिदिएका छन्, घेराबारामा सहयोग गरेका छन् । यतिमात्र होईन,सोहि विद्यालयमा रंगरोगन गरेर चिटिक्क पारेका छन् । यस्तै उर्लाबारी ९ कै राजघाट निमाबिमा विद्यालयको घेराबारा पछि गेट निर्माण गरिदिएका छन् ।

गाउँको पोलपोलमा सडकबत्ति जडान गरिदिएर गाउँ नै झलमल्ल पारेपछि स्थानीयले खुशी प्रकट गर्छन् । नत्र गाउँ अन्धकार थियो । सुन्दरको सहयोग यतिमै सिमित छैन, गाउँको कृतन मण्डली मठमन्दिर,खेलकुदमा पनि उनको सहयोग उच्च छ । सुन्दर भन्छन्,धन भन्दा पनि मन भएर सहयोग गरेको हुँ । उनले अब विद्यार्थीको लागि छात्रबृत्ति कार्यक्रम ल्याउने योजना रहेको सुनाए ।

हाल उनले आफ्नो गाउँमा एकल लगानीमा बाटो खोलिदिएपछि खेत भित्र भित्र बाटो बनेको छ । स्थानीय काजी लिम्बू भन्छन्,घर अगाडि नै बाटो बनेपछि बिरामी बोकेर लानुपर्ने अबस्था छैन्, गाडी आगनमै आईपुग्छ । बाटो खोलेपछि सम्भावना झनै बढेको लिम्बूले बताए ।

 

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पागललाई सम्मान !

सुकिला बन्दैछन् युट्युबमा भाईरल यी बाल गायक, गए निल डेभिड शैलुन ( तस्विर तथा भिडियो)

मन्त्र ब्यान्डकाे मन्त्रमा झुमे युवा (तस्विरहरू सहित)

पथरी बहुमुखी स्ववियु खुल्ला दाैड प्रतियाेगिता गर्ने

पथरीशनिश्चरे नगर कपकाे उपाधी वडा नं. १ लाई

जनप्रतिनिधिले नै बेईमानी गरेपछि, वृद्ध तथा एकल महिलाकाे भयो बिचल्ली (भिडियाे सहित)

योसेकको पहलमा स्वटर बितरण

प्रथम टंक वहादुर अाले स्मृती वडा नकअाउटकाे उपाधी वडा नं. ५ लाई

जब तुलसी ‘कान्छीकाे छाता ढल्काईदे एता’ भन्दै स्टेज चढे

विश्व शान्तिको कामना सहित जप ध्यान

तपाईको प्रतिक्रिया