घरायसी विवादमा  श्रीमतीको हत्या

झापा । झापाको गौरिगञ्ज गाउँपालिका – ३ दन्तकाली निवासी ३० वर्षीय पासाङ शेर्पाले श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरी घरायसी विवादमा पासाङले २८ वर्षीया श्रीमती निमथोकी शेर्पालाई काठको मुडाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिनुभयो ।   आइतवार साँझ घरायसी विवादमा पासाङले श्रीमतीलाई कुटपिट गर्दै मुडाले हिर्कएर  गम्भीर घाइते बनाएका थिए । श्रीमानको कुटाइबाट गम्भीर घाइते बनेकी निमथोकीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा  राति नै मृत्यु भएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया