उदयपुरमा फेला परेको मानव कंकालको डीएनए परीक्षण हुने

उदयपुर / उदयपुरको उदयपुरगढी गाउँपालिका ३ बर्रेमा मानव कंकाल फेला परेको छ । सदरमुकाम गाईघाटदेखि झण्डै ६५ किलोमिटर पश्चिम साबिक बर्रे गाविस १ को भीरमा लुगा र चप्पलसहितको मानव कंकाल भेटिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

सो कंकाल डेढ वर्षअघि हराएका उदयपुरगढी गाउँपालिका ४ (साबिक डुम्रे ६) का ८८ वर्षीय अहिमान तामाङको हुन सक्ने प्रहरीको अनुमान छ । स्थानीयका अनुसार तामाङ २०७३ कात्तिक २२ गतेदेखि घरबाट बेपत्ता भएका थिए ।

घटनासथलमा भेटिएको लुगा र चप्पलबाट कंकाल हराई रहेका तामाङको हुनसक्ने उनका आफन्तले बताएको प्रहरीले जनाएको छ । महिलाहरु घाँस काट्न जाँदा कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक चन्द्र राजवंशीको टोली घटनास्थल पुगेर कंकालको सर्जमिन मुचल्का उठाएर फर्केको छ । इन्सपेक्टर राजवंशीका अनुसार छोरा पदमबहादुरले चप्पल, टोपी र लुगा आफ्नै बाबुको भएको दावी गरेका छन् । परिवारका सदस्यले आफन्त दाबी गरे पनि कानूनी प्रक्रिया पूरा गर्न डीएनए परीक्षणका लागि कंकालको टुक्रा विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।

PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुर जिल्ला अस्पताल रेविज सुइको अभाव

उदयपुर गोल्डकप : मनाङलाई पन्छाउँदै थ्री स्टारले चुम्याे गोल्डकपको उपाधि

आत्माघाती गोल निर्णायक बन्दा सुनसरीको फाइनलको यात्रा समाप्त

झापालाई हराउँदै थ्री स्टार फाइनलमा प्रवेश

नेपाल पुलिसलाई हराउँदै सुनसरी ११ सेमिफाइनलमा प्रवेश

अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्दा गाउँ नै जोखिममा

a��a��a�?a�?a??a��a��a�? a�sa?�a��a??a�?a?�a��a�?a�?a�? a��a��a�?a��a??a�� a�?a��a??a��a��a�?a��a��a?� a�?a��a??a��a�?a�?

उदयपुरमा फेला परेको मानव कंकालको डीएनए परीक्षण हुने

a��a??a��a�?a??a�?a�?a�� a��a�?a�?a��a�?a��a??a��a��a?� a�?a�?a��a��a�? a��a��a??a��a�? a��a?�a�?a�? a��a?�a�?a�?

उदयपुरमा ८४ वर्षिय वृद्धलाई नागरिकता

तपाईको प्रतिक्रिया