आफू नमरी आफ्नै नाममा धर्मशाला 

मोरङ । कोही मानिसको देहवसानपछि उसका सन्तानले मृतआत्माको नाममा बिभिन्न धार्मिक कार्यहरु गर्छन । उनको नाममा पाटी,पौवा र धर्मशालाहरु निर्माण गरिदिन्छन तर मोरङको केराबारी गाउँपालिका २ सिंहदेवीका एक बृद्धाले मृत्युअगावै आफ्नै नाममा धर्मशाला पाटी निर्माण गरेका छन ।

साविक सिंहदेवी ८,मोरङका ७६वर्षीय ब्रम्हचारी बाजे भनेर चिनिने बृजलाल नेम्बाङले केराबारी बजारबाट सिंहदेवीसम्म हिडेर आउने बाटो भुडेसिमल भन्ने ठाउँमा बटुवाका लागि आराम होस भन्ने ठानेर धर्मशाला पाटी बनाइदिएका हुन । बृद्दा भन्छ्न “आफू मरे पछि कस्ले देख्ने बरु बाचेकै बेला सबै बटुवाले सहजता महसुस गरोस भनेर पाटी बनाइदिएको हु! अब खोल्साबाट आफ्नै लगानीमा खानेपानी पनि ल्याइदिने धोको छ।“ वृद्दा पहिले देखि नै साविक सिंहदेवी ९,८,७ वडा वरिपरि झारफुक गर्ने काम गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया