जिप दुर्घटनामा तीनको मृत्यु, १६ घाइते

डोटी / डोटीको शिखर नगरपालिका–३ आली गाउँमा आज दिउँसो यात्रु बोकेको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी अन्य १६ जना घाइते भएका छन् । दिपायलबाट जोरागाउँतर्फ जाँदै गरेको शैलेश्वरी यातायातको ग१ज ५२७५ नंको जिप गाउँ नजिकै खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरगाउँकै ४० वर्षीया खिन्तु...

महाकालीमा हाम फालेकी महिलाको मृत्यु

दार्चुला / महाकाली नदीमा हाम फालेकी एक महिला मृतावस्थामा भेट्टिएकी छन् । ती महिला महाकाली नगरपालिका–७ धाप की ४५ वर्षीया द्रोपती कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । विहिबार बिहान ९ बजेतिर घरबाट हिँडेकी कोलीले महाकाली नदीमा हाम फालेको प्रहरीले जनाएको छ । नदीमा हाम फालेको एक÷दुई किलोमिटर तल नगरपालिकाकै वडा नम्बर ८, असिगडा नजिक कोली...

शुक्लाफाँटा नगरपालिकाका चौध वटा कानून राजपत्रमा प्रकाशित

कञ्चनपुर / शुक्लाफाँटा नगरपालिकाले चौध वटा कानून राजपत्रमा प्रकाशन गरेको छ । राजपत्रमा चार वटा ऐन, तीन वटा नियमावली, पाँच वटा कार्यविधि, एक आचारसंहिता र एक निर्देशिका प्रकाशन गरिएका हुन् । कार्यपालिकाको बैठकबाट कार्यविधि, निर्देशिका, आचारसंहिता र नगरसभाबाट ऐन पारित गरिएपछि राजपत्रमा प्रकाशन गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो । राजपत्रको...

हुम्लाका एक बालकको झुलाघाटबाट उद्धार

बैतडी / हुम्ला घर भएका एक बालकको बैतडीस्थित नेपाल–भारत सीमानाका झुलाघाटबाट उद्धार गरिएको छ । घरमा थाहा नदिई भागेर भारत जाँदै गरेका हुम्लाको सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय गजेन्द्र बोहरालाई प्रहरीले बिहीबार उद्धार गरेको हो । गजेन्द्रको घरमा फोन सम्पर्क गर्दा भागेर गएको थाहा पाएपछि बालकको उद्धार गरी आफन्तलाई बुझाउने तयारी गरिएको सिमानाका प्रहर...

रुखबाट लडेर बालकको मृत्यु

बैतडी / रुखबाट लडेर बैतडीमा आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डिलासैनी–१ परिगाउँका सात वर्षीय राजेन्द्र धामी रहेका छन् । आज बिहान घर नजिकैको वनमा लालीगुराँस टिप्ने क्रममा राजेन्द्र रुखबाट एक्कासि लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय मोहनसिंह धामीले बताउनुभयो ।

डडेल्धुरामा जबर्जस्ती करणीका घटनामा कमी

डडेल्धुरा / देशका अन्य जिल्लामा जबर्जस्ती करणीका घटनामा वृद्धि भइरहेका बेला डडेल्धुरामा भने कमी आएको छ । देशका अन्य जिल्लाका तुलनामा डडेल्धुरामा जबर्जस्तीका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांकले देखाएको छ । चालू आर्थिक वषर्मा नौ महिनाको अवधिमा जबर्जस्ती करणीका तीनवटा मुद्दा मात्रै दर्ता भएका छन् भने आव २०७२÷०७३ मा चार, आव २०७...

माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु

बैतडी / माटोको ढिस्कोमा पुरिएर बैतडीमा आज एक किशोरीको मृत्यु भएको छ । माटो खनिरहेका बेला एक्कासि माथिबाट खसेको ढिस्कोले पुरिँदा शिवनाथ गाउँपालिका–६ बसेडीकी १५ वर्षीया लक्ष्मी सुतारको मृत्यु भएको स्थानीयवासी गम्भीर दयालले जानकारी दिनुभयो । लक्ष्मी स्थानीय जिम्मेश्वर आधारभूत विद्यालय बसेडीमा कक्षा ८ मा अध्ययनरत थिइन् । यसैगरी झाडापखाला र ज्वरोले थ...

तन्नामा आगो सल्किँदा जलेर मृत्यु

कञ्चनपुर / कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ । दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो लागेर जलेर गम्भीर घाइते भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले बताउनुभयो । चौधर...

झुलाघाटबाट ५२ बालकको उद्धार

बैतडी / बैतडीको सीमा नाका झुलाघाटबाट आज प्रहरीले ५२ जना बालकको उद्धार गरेको छ । बैतडी र बझांगका ती बालक भारत जाँदै गर्दा सिमानाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विद्यालयको परीक्षा दिएर बिदा भएकाले विद्यार्थी दिनहुँ भागेर भारत जाने गरेकाले आज बिहानदेखि अहिलेसम्म ५२ जनालाई भारत जान नदिएको सीमा नाका प्रहरीचौकी झुलाघाटका प्रहर...

हराएको बाइस दिनपछि जंगलमा शव फेला

कञ्चनपुर / घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् । गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन सा...