चौध बर्षिय आफ्नै छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ

बाँके / आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाँकेको कोहलपुरमा एक जना पक्राउ परेका छन्। उनलाई घरमा बार लगाउनका लागि प्रयोग गरिने बार काट्न सँगै जङ्गल गएका बेला १४ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको आरोप छ । गत वैशाख २ गतेको घटना भए पनि ढिलो गरी सार्वजनिक भएको कोहलपुर प्रहरीले जनाएको छ। धेरैको अनुसन्धानपछि यो घटनाबारे पिडित किशोरीले आमालाई बताएकी थिइन...

निःशुल्क जस्तापाता वितरण शुरु

दाङ / तुलसीपुर उपमहानगरपालिकाले आजदेखि उपमहानगरभित्र खरको छानो भएका घरमा बस्ने अतिविपन्न परिवारहरुलाई निःशुल्क जस्तापाता वितरण गर्न शुरु गरेको छ । तुलसीपुर उपमनपा–१ को भ्युडर सोनपुर गाउँबाट आज जस्तापाता वितरण शुरु गरिएको हो । आज तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेय र उपप्रमुख माया आचार्यले संयुक्तरुपमा सो वडाका खरको छानो भएका गरिब तथा...

पोखरामा दुई पुरुषको शव फेला

पोखरा / पोखरा लेखनाथ महानगरपालिका–१३ स्थित दुई कुलाको मुहानमा आज दुई पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार मादी गाउँपालिका–३, ताङतिङ घर भई हाल पोखरा–१३, सिग्देलटोलमा बस्दै आएका कुमार नेपालीको पहिचान भएको छ भने अर्का एकजनाको पहिचान खुल्न बाँकी छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । PURBELI TV

तुलसीपुरमा साँझ ७ बजेपछि क्रसर चलाउन नपाइने

तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्मका लागि क्रसर उद्योग सञ्चालन गर्न नदिने भएको छ । उपमहानगरपालिकाको आज बसेको २८ औँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिनुभयो । रातिको समयमा क्रसर उद्योग सञ्चालन हुँदा नजिकको वस्तीमा असर गर्ने भएकाले उपमहानगरपालिकाले यस्तो नि...

जिपको ठक्करबाट बालकको मृत्यु

बाजुरा / बाजुराको बडिमालिका नगरपालिका–६ जडांगामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका टेकबहादुर बडुवालका ९ वर्षीय छोरा सुरेन्द्र बडुवाल रहेको छ । उनकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मार्तडीबाट यात्रु बोकेर बाम्का जाँदै गरेको से १ ज ४२९ नंको जिपले साँफे–मार्तडी सडकमा खेलिरहेका बा...

भिरबाट लडेर एकको मृत्यु

रुकुम / रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–४ का ५० वर्षीय गोपालजङ्ग विकको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफन्तको घरबाट आफ्नो घर जाँदै गर्दा विकको आज लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो । ब...

गर्भपतन गराएको आरोपमा जनप्रतिनिधि पक्राउ

रुकुम / रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यपालिका सदस्य सुनारले विवाह गर्ने आश्वासन दिँदै बेलाबेला अवैध यौन सम्पर्क गरेर आफूलाई गर्भवती बनाएको भन्...

जीतगढी किल्ला क्षेत्रका घरमा एकै रङ लगाइने

बुटवल / नेपाली फौजले अंग्रेज फौजलाई विसं १८७१मा पराजित गरेको बुटवलको जीतगढी किल्लामा बुटवल उपमहानगरपालिकाले आज विजयोत्सव दिवस मनाएको छ । नेपालीले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको २०३ वर्ष पुगेका अवसरमा उपमहानगरपालिकाले पहिलो पटक आजको दिनलाई ‘जीतगढी विजयोत्सव दिवस’का रुपमा मनाएको हो । विजयोत्सव समारोहलाई सम्बोधनका क्रममा प्रदेश नंं ५ का मु...

प्रदेश ५ ले सिफारिस गर्यो जनप्रतिनिधिको पारिश्रमिक, कसको कति तोकियो ?

रुपन्देही / पाँच नम्बर प्रदेश सरकारले जनप्रतिनिधिको पारिश्रमिक सिफारिस गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले विभिन्न तीनवटा विधेयक प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ। जसमा पदाधिकारीको पारिश्रमिक र सेवा सुविधासम्बन्धी विधेयक पनि समावेश छ। बैठकले प्रदेशसभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक निर्धारण,...

नयाँ वर्ष मनाउन गएका युवकको डुबेर मृत्यु

कपिलवस्तु / यहाँको बाणगंगा नगरपालिका वडा नं ९ भर्लावासको मुसिवाङ बाँधमा पौडी खेल्ने क्रममा डुबेर आज साँझ एक युवकको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँची साविक ठाडा–२ घर भई हाल वाणगंगा नगरपालिका वडा नं ८ बोडगाउँ बस्दै आएका १९ वर्षीय राजन भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो । ...