लामिछानेको शोकमा मंगलबार स्थानीय तह बन्द

भक्तपुर / प्रदेश नं ३ का प्रदेशसभा सदस्य एवं चाँगुनारायण नगरपालिका–६ नगरकोट, तेलकोटका बासिन्दा हरिशरण लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउन भक्तपुरको स्थानीय तहअन्तर्गतका कार्यालय मंगलबार एक दिन बन्द हुने भएको छ । जिल्ला समन्वय समिति भक्तपुर तथा सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाका प्रमुखसहितको बैठकले सो दिन जिसस र नगरपालिकाको आधा...

दुई ट्रक जुध्दा एककाे मृत्यु

चितवन / पूर्वपश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–६ पम्फा पुलमा आज बिहान दुई ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय पिपि०५एबी ९४९४ नंको डिब्बावाला ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना छ ख ६८३ नंको ट्रक आज बिहान २ः३५ बजे जुध्दा गम्भीर घाइते भएका भारतीय ट्रकका...

तिवारीको हत्यामा संलग्न कुशवाह जेल चलान

काठमाडौँ / हिन्दु युवा संघ नेपालका अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न सियारामप्रसाद कुशवाह जेल चलान भएका छन् । विसं २०६७ असारमा पर्साको वीरगन्जस्थित अशोक वाटिकामा तिवारीको हत्यामा संलग्न कुशवाहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार पक्राउ गरी आज जेल चलान गरेको हो । बबिता तिवारीको जाहेरीमा कर्तव्य ज्यान मुद्धामा उच्च अदालत ...

हत्या गरेर भागेका राई पक्राउ

काठमाडौँ / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार रहेका अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ । ब्यूरोको टोलीले विसं २०६२ माघमा काठमाडौँको नयाँपाटीमा महेश राईलाई हत्या गरी फरार रहेका इलामका अदिपकुमार राईलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । अदिपले विसं २०६२ मा नयाँपाटीस्थित रामकृष्ण पण्डितको निर्माणाधीन घरमा फर...

धरहरा परिसरमा नयाँ संरचना बनाउन रोक

काठमाडौँ / राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौँ महानगरपालिकाबीच धरहरा परिसरमा नयाँ संरचना निर्माणमा रोक लगाउने सहमति भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा आज सिंहदरबारमा बसेको प्राधिकरण, महानगरपालिका, पुरातत्व विभाग, गुठी संस्थानसहित सरोकार भएका निकायको संयुक्त बैठकले धरहराको पुनःनिर्माणमा सुन्दरतालाई असर पार...

गाडीको ठक्करले एकको मृत्यु

चितवन / गाडी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा चितवनको मुग्लिनमा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार साँझ ६ः३० बजेको समयमा इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारमा उक्त दुर्घटना भएको हो । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख २७०७ नम्बरको बसले ब्याक गर्ने क्रममा ठक्...

तेजाप छर्किंदा एक गम्भीर घाइते

चितवन / भरतपुर महानगरपालिका–२ बेलटाँडीमा आपसी विवादका कारण तेजाप छर्किंदा एक युवा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान १ः३० बजे प्रेम सुनारको घरमा डेरा गरी बस्ने धादिङ नालाङ्ग घर भई नारायणगढस्थित मनकामना सुनचाँदी पसलमा काम गर्ने ३० वर्षीय सुजितकुमार विकले धादिङनै घर भई सोही घरमा डेरा गरी बस्ने ३५ वर्षी...

चट्याङबाट तीन जनाको मृत्यु

हेटौँडा / मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–२ ढलिपाङ र हेटाँैडा उपमहानगरपालिका–१६ मा गए राति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरि गाउँपालिका–२ बस्ने ३० वर्षीय भीमलाल स्याङतान र उनको तीन वर्षीया छोरी विमला र हेटौँडा उपमहानगरपालिका–१६ बस्ने ६० वर्षीय कृष्णबहादुर ...

रुखले च्यापिएर दुई महिलाको मृत्यु

चितवन / हावाहुरीका कारण जिल्लामा दुई महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १ की ४० वर्षीया सितौली श्रेष्ठ र ईच्छाकामना गाउँपालिका– ७ का ४१ वर्षीय कणबहादुर गुरुङ रहेका छन् । श्रेष्ठको घर नजिकैको सतन्चुली सामुदायीक वन र गुरुङको घरनजिकैको वनमा हावाहुरीका ...

दुर्घटनामा युवकको मृत्यु

काठमाडौँ / काठमाडौँको टोखा नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति ११ बजे बा३च १६५४ नंको जीप र बा४०प ५७७५ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक स्याङ्जा घर भई हाल माछापोखरी बस्ने २६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो । मोटरसाइकल पछाडि रहेका अर्जुन बोहोरा भने घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त महा...