साउदी अरबमा एक नेपालीको मृत्यु

राजविराज / वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका एक युवकको मंगलबार राति मृत्यु भएको छ । सप्तरी जिल्लाको खडक नगरपालिका–९, लालपटृीका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको परिवारजनलाई उध्दृत गर्दै सूचना तथा परामर्श केन्द्र, राजविराजका मिडिया अधिकृत चन्दनकुमार यादवले जानकारी दिनुभयो । उनी २०७३ असार ९ गते साह मिडल इस्ट म्यानपावर कम्पनी, काठमाडौँमार...

पाँच किलो चरेश सहित युवक पक्राउ

पर्सा / प्रतिबन्धित लागुऔषध चरेशसहित पक्राउ परेका एक युवकलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । पर्साको भिष्वाबाट पाँच किलो चरेशसहित पक्राउ परेका कालिकामाई गाँउपालिका–१ तिनडोवियाका चन्दन पटेललाई प्रहरीले सार्वजनिक गरेको हो । बिआर २२ सी ०४३२ नं.को भारतीय मोटरसाइकलमा भारततर्फ जाँदै गरेका पटेललाई गएराति जाँच गर्दा १० वटा प्याकेटमा रहेको पाँच कि...

हावाहुरीले घर भत्किँदा एकको मृत्यु

लहान ।  हावाहुरीका कारण घर भत्ँिकदा चेपिएर सिरहा मिर्चैया नगरपालिका–१० का एक वृद्धको मृत्यु भएको छ । यसैगरी हावाहुरीले घरको पिलर भाँचिएर एक जना घाइते भएका छन् । बिहान ५ बजेतिर अचानक चलेको तीव्र गतिको हावाहुरीले घर भत्काउँदा घरभित्र सुतिरहेका मिर्चैया नगरपालिका–१० का ७५ वर्षीया सगुनी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, हावाहुरीले घरक...

समाज सुन्दर वनाउन महिलाको महत्वपूर्ण भूमिका हुन्छ : नगरप्रमुख साह

 सिरहा /गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले सुन्दर समाज निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहने गरेको बताएका छन । नगरपालिकाको सहयोग र उपभोक्ता समिति गोलबजार नगरपालिका ४ ले आयोजना गरको सामाजिक रुपान्तरणको लागि महिला तथा पुरुष कानुनी सचेतना तालिमको आज उद्घाटन गर्दैै नगरप्रमुख साहले घर सुन्दर भए समाज सुन्दर हुने बताउँदै समाजको विकासमा महिलाहर...

बाराको जंगलमा वीभत्स अवस्थामा फेला पर्यो शव

बारा / बाराको सिम्रौनगढ नगरपालिका वाडा न:६ स्थित जंगलमा वीभत्स अवस्थामा शव फेला परेको छ। स्थानीय विलास सर्भाङ्गको ८ वर्षीय छोरा शिवसुन्दर सर्भाङ्गको वीभत्स शव फेला परेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ। शरिरका आधा भाग नभएको अवस्थामा शव सोमबार भेटिएको हो। उनी गत बुधबारदेखि बेपत्ता भएका थिए। शव पेष्टमार्टम गरिएको छ। शिवसुन्दर सिम्रौनगढस...

ट्र्याक्टर पल्टिँदा बालकको मृत्यु, १९ जना घाइते

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सोमबार साँझ ट्र्याक्टर पल्टिँदा एकजना बालकको मृत्यु भएको छ भने अन्य १९ जना व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका–३ निवासी ८ वर्षीय बालक अभिनाष शर्मा रहेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । सोही दुर्घटनामा परी करीब १९ जना व्यक्तिसमेत घाइते भएका छन् ।...

बसको छतबाट खसेर खलासीको मृत्यु

गौशाला / महोत्तरी जिल्लाको बर्दिबास जलेश्वर सडकखण्डमा आइतबार साँझ बसको छतबाट खसेर एक खलासीको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका खलासी जिल्लाको एकडारा गाउँपालिकाको बहेडा बस्ने ४० वर्षीय श्याम मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । ना४ख ५६४७ नम्बरको यात्रुबाहक बस आइतबार साँझ बर्दिबासबाट जलेश्वर जाने क्रममा औरही नगरपालिका–८ टिम्क...

दुर्घटना श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

लहान / पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा४ख ६६७२ नम्बरको हायस गाडीले साइकललाई ठक्कर दिँदा साइकलमा पछाडि सवार सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना निवासी ५५ वर्षीया बिल्टी गडौरीको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही द...

तस्करी गरी लैजान लागिएको गाई, बाछाबाछी नियन्त्रणमा

गौशाला / नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार गए राति ९ बजेको समयमा जिल्लाको रामगोपालपुर–९ गोठबनौली हुँदै भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा दुई गाई, एक बाछा र एक बाछ...

सडक निर्माण विवादमा एकको मृत्यु

गौशाला / महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा गए राति सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–६ बस्ने अन्दाजी ५८ वर्षीय लाल भन्ने लालबाबु दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गए राति ७ बजेतिर सो गाउँमा सडक बनिरहेको विषयमा विवाद परी दुई समूहबीच कुटाकुट हुँदा स्थानीयवासी लाललाबु दा...