सडक दुर्घटनामा एकको मृत्यु

नेपालगञ्ज, १२ फागुन/ नेपालगञ्ज–कोहलपुर सडकखण्डको पार्वतीपुरमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  दुर्घटनामा कालीकोट जिल्ला खिना–६ का ४१ वर्षीय पुन्नबहादुर बमको नेपालगञ्ज नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे ७ प ९१४१ नंको स्कुटी आज...

सिफारिस लेख्दैमा ठिक्क छ वडाध्यक्षहरुलाई

पाल्पा, ११ फागुन / जिल्लाको माथागढी गाउँपालिका–५, गोठादीका वडाध्यक्ष रनबहादुर खाम्चालाई वडाध्यक्षको जिम्मेवारी पाएपछि उहाँ सरकारी कर्मचारी जस्तै दिनहुँ व्यस्त हुनुहुन्छ । वडा कार्यालयमा बसेर सिफारिस लेख्ने कामकाजमा दिन बितेको पत्तो नभएको खाम्चा बताउनुहुन्छ । बिहान १० बजे कार्यालयमा पुगेपछि सिफारिस लेख्ने कार्यमा उहाँलाई भ्याइनभ्याइ हुन्छ । “कर्म...

सुशासन र शान्ति सुरक्षा पहिलो प्राथमिकता – मन्त्री केसी

रोल्पा, ११ फागुन / प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सुशासन र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको भवन निर्माण र पत्रकारिता कल्याण कोष स्थापनाका लागि सहयोग संकलन कार्यक्रममा रोल्पा आइपुग्नुभएका मन्त्री केसीले विहिबार प्रमुख अतिथिको आशनबाट बोल्दै यस्तो ...

पहिले घृणा गर्नेहरु अहिले दुई हात जोड्न थाले

पाल्पा, १० फागुन / ‘पहिले पुराना च्यातिएका, फाटेका जुत्ता चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले थु थु र घृणा गर्ने गर्थे, अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि उनीहरु आफैँ दुई हात जोडी नमस्कार गर्न थालेका छन्’, यो जीवनको यथार्थ र वास्तविक भोगाइ हो– पाल्पाको रामपुर नगरपालिका–५ का जय नेपालीको । आजभन्दा झण्डै दुई दशकअगाडि २०÷२२ व...

तीन सन्तानले बालविवाह गरेर हिँडेपछि सुनार परिवारमा निराशा

रोल्पा, १० फागुन / साबिकको धबाङ–१, रोल्पाका ५० वर्षीय साकुरे सुनार वर्षाैंदेखि आरनमा काम गर्नुहुन्छ । खुकुरी बेचेर दैनिकी चलाउँदै आएका सुनार केही दिनदेखि बिरामी पर्नुभएको छ । टाउको दुःख्ने, छाती दुःख्ने, ज्वरो आउने, श्वास बढ्ने समस्या बढेपछि उहाँलाई पेशा सम्हाल्नै हम्मे हम्मे परेको छ । गाउँकै स्वास्थ्य संस्थामा उपचार गर्दा उहाँको स्वास्थ्यमा सुधार ...

वडाध्यक्षका हराएका छोरा मृत फेला

कपिलवस्तु, ७ फागुन  / चार दिनअघि हराएका यहाँको मायादेवी गाउँपालिका–४, पिपराका वडाध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन् । गुलडिहवाको निसवा स्कूल पढ्न जाँदै गर्दा चार दिनअघि बेपत्ता मोहम्मदका छोरा ऐमानको शव आइतबार आफ्नै घर नजिकैको पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकका बाबु अर्थात् वडा...

धुलो नियन्त्रणको माग गर्दै चक्का जाम

दाङ, ७ फागुन / अचाक्ली धुलो उडेपछि नियन्त्रणको माग गर्दै यहाँका स्थानीयवासीले धुलो नियन्त्रणको माग गरेका छन् । उनीहरुले त्यसकालागि एक घण्टा चक्का जाम समेत गरेका छन् । तुलसीपुर–घोराही सडकअन्तर्गत तुलसीपुर बजारदेखि हात्तीखौवा चोकसम्म करिब एक किलोमिटर बाटो निर्माण शुरु भएको लामो समय बितिसक्दा पनि शुरु हुन सकेको छैन । सडकखण्डको स्तरोन्नतिको नाममा ला...

कालीगण्डकीको पानी लिफ्टिङ गरेर डुंगा सञ्चालन

पाल्पा, ४ फागुन / मिनी फेवातालको नामले प्रख्यात पाल्पा रामपुरको तालपोखरामा कालीगण्डकीको पानी लिफ्टिङ गरेर डुंगा सञ्चालन गरिएको छ । फेवातालको स्वरुपमा निर्मित यस कृत्रिम तालपोखरामा अहिले डुंगा सञ्चालनमा ल्याइएपछि आन्तरिक पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । स्थानीय कुलो, नहरको पानीबाट यहाँ दुईवटा डुंगा शुरु गरिएको हो । डुंगा सयर गर्ने र तालको बीचमा...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ, २ फागुन /  इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवासी ३६ वर्षीय टोपबहादुर वली र कपुरकोट गाउँपालिका–६ निवासी ५१ वर्षीय रुपलाल बोहरालाई प्रहरीको विशेष टोलीले तुलसीपुर उपमहानगरपालिका–९ वेलुवाबाट पक्राउ गरेको इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक...

प्रदेश नं ५ को मुख्यमन्त्रीमा पोखरेल नियुक्त

बुटवल, २ फागुन / प्रदेश नं ५ को मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता शंकर पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख उमाकान्त झाले आज पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं ५ को मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका तर्फबाट सचिव सनतकुमार दवाडीले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । ...