बम विस्फोट पत्रकार र सुरक्षाकर्मी घाइते

पोखरा, ८ फागुन / पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा आज १२ बजेको समयमा भएको टाइम बम विस्फोटनमा परी दुईजना घाइते भएका छन् । पृथ्वी राजमार्गको विजयपुर पुल नजिकै अचानक बम विस्फोट हुँदा शंकास्पद वस्तु भनेर रिपोर्टिङमा पुगेका रेडियो गण्डकी एवम् गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार घनश्याम पाण्डे र अस्थायी प्रहरी पोस्ट चाउथेमा कार्यरत प्रहरी जवान कुलबहादुर...

चितुवाले खाएको बालकको परिवारलाई राहत

तनहुँ, ६ फागुन / तनहुँको भानु नगरपालिका वडा नं ३, दोरदोरका छ वर्षीय बालक विशाल श्रेष्ठलाई बुधबार राति चितुवाले खाएपछि पीडितको परिवारलाई रु ५० हजार राहत रकम उपलब्ध गराइएको छ । पीडितको परिवारलाई शनिवार रु ५० हजार राहत दिइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले बताउनुभयो । तत्काललाई किरिया खर्चबापत सो रकम उपलब्ध गराइएको हो, उहाँले भन्नुभयो । जिल्ला व...

विजयपुर खोलामा डुबेर एकको मृत्यु

पोखरा, ६ फागुन / पोखरा लेखनाथ महानगरपालिका २६ स्थित विजयपुर खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । पानीमा डुबेको अवस्थामा ट्याक्सी चालक रामकाजी भित्रिकोटीले देखेर उपचारका लागि क्षेत्रीय अस्पताल पोखरामा ल्याइएका पहिचान नखुलेका अन्दाजी ४१ वर्षीय पुरुषको आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार आवश्यक अनुसन्धान भइरहेको छ ।

विवाहका दिन बेपत्ता भएका बेहुलाका बारेमा प्रहरीले गर्‍यो यस्तो तथ्य सार्वजनिक

नवलपरासी, ५ फागुन / झण्डै दुई सातादेखि बेपत्ता भनिएका नवलपरासी (बर्दघाट–सुस्ता पूर्व),गैंडाकोट नगरपालिका, अमरापुरीका बालकृष्ण खरेल आफैँ भारतमा लुकेर बसेको प्रहरीले जनाएको छ । खरेलको अपहरण नभई आफू स्वयं भारतमा रहेको अनुसन्धानका क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए ...

जिप दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो

म्याग्दी, २८ माघ / बेनी–जोमसोम सडकखण्डअन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आइतबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परी बेपत्ता भएकी रघुगंगा गाउँपालिका–१ की लिमाया पुर्जा मृत फेला परेपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो । उनलाई दुर्घटनास्थलदेखि करिब एक किलोमिटर तल राहुपारे...

संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ

पोखरा, २८ माघ / प्रदेश नं ४ मा नेकपा (एमाले)को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ सर्वसम्मत निर्वाचित बन्नुभएको छ । संसदीय दलको नेताका लागि एमालेको केन्द्रीय सचिवसमेत रहनुभएका पृथ्वीसुब्बा गुरुङ र पार्टीको प्रदेश नं ४ का संयोजक किरण गुरुङ इच्छुक देखिएपछि सर्वसम्मतिका लागि पहल गरिएको थियो । सर्वसम्मति गर्न आज शान्ति वनबाटिकास्थित नेकपा (एमाले)...

स्थानीय तहमा नगए कर्मचारीले तलब नपाउने

बागलुङ, २८ माघ / स्थानीय तहमा नपुगी जिल्लामै बसेर काम गरेका आधारमा कर्मचारीले तलब नपाउने भएका छन् । स्थानीय तह गठन भएको महिनौँ बित्दा पनि कर्मचारी कार्यक्षेत्रमा नगएपछि यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । समिति, दश वटै स्थानीय तह र विषयगत कार्यालयका प्रमुख बीचको बैठकले कर्मचारी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको हो । कर्मचारीक...

राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान शुरु

पोखरा, २४ माघ / राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को पोखरामा मतदान शुरु भएको छ । बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । लोकसेवा आयोगको क्षेत्रीय कार्यालयमा शुरु भएको निर्वाचनमा स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्षका लागि र प्रदेशसभा सदस्यका लागि बेग्लाबे...

प्रदेशसभा सदस्य औपचारिक पोशाकमा

पोखरा, २२ माघ /  प्राकृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ प्रदेशसभाको पहिलो बैठकमा नेपालको संविधानको भावनाअनुरुप सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधता छर्लङ्ग देखिएको छ । नेपाली जनताको ठूलो बलिदानबाट जारी भएको संविधान कार्यान्वयनको महत्वपूर्ण पाटो मानिएको प्रदेशसभाको बैठकमा आउने धेरैजसो सदस्य औपचारिक पोशाकमा द...

पोखरामा प्रदेशसभाको पूर्वाभ्यास ११ मिनेट चल्यो

पोखरा, २१ माघ / मुलुकको सुन्दर पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ प्रदेशसभा बैठकको आज ११ मिनेट पूर्वाभ्यास सम्पन्न गरियो । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा प्रदेशसभाको पूर्वाभ्यास बैठक दिउँसो ४ः२९ बजेदेखि ४ः४० बजेसम्म चल्यो । भोलि सोमबार विहान ११ बजे प्रदेशसभाको पहिलो अधिवेशन बस्दैछ । यो प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ समा...