सुन्धाराको होटलमा युवती मृतावस्थामा फेला

काठमाडौँ, १२ फागुन / सुन्धाराको एक होटलमा आज बिहान एक युवती मृतावस्थामा भेटिएपछि उनका प्रेमीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मृतक शर्मिला राउतका पे्रमी भनिएका सिन्धुलीका विशाल खड्का र उनका साथीहरु विपिन मैनाली र असव सेवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । राति ३ बजे मादक पदार्थ सेवन गरेको अवस्थामा होटलमा पुगेका उनीहरुमध्ये युवती र खड्का ...

ट्रक खस्दा तीन घाइते

धादिङ, १० फागुन/ एउटा ट्रक त्रिशूली नदी किनारमा खस्दा आज तीन जना घाइते भएका छन् ।  हेटौँडाबाट सिमेन्ट लिएर काठमाडौँतर्फ आउँदै गरेको लु १ ख १५९ नंको ट्रक गजुरी – २ छहराबाट त्रिशूली किनारमा खसेर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । घाइतेमध्ये एक जनालाई गजुरी अस्पताल र दुई जनालाई थप उपचारक...

जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

भक्तपुर / अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ । सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको जगातीमा आयोजना गरेको राय सुझाव संकलन कार्यक्रममा सरोकारवालाले छिट्टै यो सडक विस्तार गर्नु पर्ने मागसमेत गरेका छन् । काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको चाप अत्यधिक बढेको र जगाती क्षे...

बसको चक्काले थिचेर मृत्यु

काठमाडौँ, ९ फागुन / स्थानीय नेपालटारमा बसको चक्काले किचेर एक जनाको मृत्यु भएको छ । गए राति काठमाडौँको तार्केश्वर नगरपालिका–११ नेपालटारमा गुडिरहेको बसको चक्काले थिचेर मोटरसाइकल चालक नुवाकोट घर भई काभ्रेस्थली बस्ने २६ वर्षीय चन्द्रप्रकाश मोक्तानको मृत्यु भएको हो । मोक्तान नेपाल विद्यार्थी संघ एनआर कलेजका सचिवसमेत रहेको नेविसंघका केन्द्रीय सदस्य स...

अर्का वडाध्यक्ष अधिकारीको पनि मृत्यु, फरार चालक पक्राउ

चितवन, ७ फागुन / चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोकमा गएराति भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको आज उपचारका क्रममा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान १०ः१५ बजे खैरहनी नगरपालिका –४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । गए...

सवारी दुर्घटनामा वडाध्यक्ष बस्नेतको मृत्यु

चितवन, ६ फागुन / पूर्वी चितवनको रत्ननगरस्थित शान्तिचोकमा आज साँझ सवारी दुर्घटना हुँदा खैरेनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय विश्वविजय बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा परी सोही नगरपालिका वडा नं ४ का वडाध्यक्ष ४५ वर्षीय नरेन्द्र अधिकारी र सोही नगरपालिका वडा नं १२ निवासी नगरपालिकाका गाडी चालक २८ वर्षीय राजकुमार अधिकारी गम्भीर घाइते हु...

पानीट्याङकरले ठक्करदिँदा दुईको मृत्यु

हेटौँडा, ६ फागुन / हेटौँडा उपमहानगरपालिका वडा नं। ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाइकल चालक नवलपरासी सुनौल नगरपालिका–८ का २६ वर्षीय प्रेमबहादुर क्षेत्री र मोटरसाइकलमा सवार चितवन महानगरपालिका–११ का २० वर्षीय माया क्षेत्री रहेको जिल्ला प...

लडेर एक यात्रुको मृत्यु

चितवन, ६ फागुन / चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलविरेमा पिसाब फेर्न गएका एक यात्रुको लडेर मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत जलविरेमा गाडी रोकेर पिसाब फेर्न सडक छेउ पुगेका तनहुँ भानु नगरपालिका — ३ का ५५ वर्षीय विष्णु जोशीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटना गएराति ९ः२५ बजेको हो । उनी लडेर ...

लगनमा भएकाे आगलागीमा एककाे मृत्यु

काठमाडौँ, ५ फागुन / कामपा–१२, लगनमा आज बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकका ६५ वर्षीय जीवनकाजी श्रेष्ठको मृत्यु भएको छ । अमृतलाल श्रेष्ठ र अष्टनारायण महर्जनको संयुक्त नाममा रहेको घरमा बिहान ४ बजेतिर विद्युत् चुहिई आगलागी हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठका ४२ वर्षीय छोरा प्रवीणलाल सोही घटनामा घाइते भएका छन् । प्रहरीका अनुसार घरध...

ट्रक दुर्घटनामा तीनको मृत्यु

सिन्धुपाल्चोक, ४ फागुन / सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा आज बिहान ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नंको आइचर ट्रक अरनिको राजमार्गबाट ५० मिटर तल भोटेकोशी नदीमा खसी दुर्घटना भएको हो । दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–८, मानेस्वराका ३५ वर्षीय चालक शेखर अधिकारी, सो...