सबै दलको सहमति बिना निर्वाचन असम्भव

धरान २१ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद मिन बहादुर बिश्वकर्माले सबै दलको सहमति बिना स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनै नसक्ने बताउनुभएको छ ।  प्रेस युनियन सुनसरीले धरानमा गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा सांसद विकले संविधान संसोधनको प्रस्ताव सरकारले ल्याएको प्रस्ताव भएकोले प्रस्तावलाई दर्ता गराएर छलफल अगाडि बढाउने ...

ट्र्याक्टरबाट लडेर विद्यार्थीको मृत्यु

लहान, २० माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित सडकमा आज दिउँसो ट्र्याक्टरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी धनगढी गाविस– १ का १३ वर्षीय सुरज मण्डल रहेको प्रहरीले जनाएको छ । लहानस्थित ज्ञानज्योति पाठशालामा अध्ययनरत सुरज साथीसँगै सरस्वती पूजाको मूर्ति सेलाउन बलान खोलातर्फ जाने क्रममा स १ त २६८७ नम्बरको ट्र्य...

बीच बजारमा कैची प्रयोग गरी सर्वसाधारलाई घाइते युवक प्रक्राउ

  धरान, २० माघ / धरानको बीच बजारमा धारिलो हतियार कैची प्रयोग गरी सर्वसाधारलाई घाइते बनाउने एक युवालाई प्रहरीले प्रक्राउ गरेको छ । धरानको व्यस्त बजार सिंहदेवी चौक, छाताचौकमा बाटोमा हिडिरहेका सर्वसाधारणलाई जथाभावि कैची प्रहार गरी घाइते बनाउदै हिड्ने अन्दाजी २२÷२४ बर्षका नाम नखुलेको युवालाई धरान प्रहरीले प्रक्राउ गरी अनुसन्धान थालेकोे छ । ...

दुर्घटनामा नौजना घाइते

इनरुवा, १८ माघ । पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीे हरिपुर–८ भन्टाबारीमा आज सडक दुर्घटना हुँदा नौजना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा४ख ५१४२ नंको यात्रुवाहक बसले हरिपुर–८ भन्टाबारी चौकमा ना५ख २२५८ नंको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार नौजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइतेहुनेमा उदयपुर त्रिय...

झापामा फाेहाेर ब्यवस्थापन चुनाैती बन्दै

बिर्तामोड ,१८ माघ । बिर्तामोडलाई फोहोरमैलारहित बनाउन विभिन्न संघ–संस्थाले ३५ हप्तादेखि निरन्तर हरेक शनिबार सरसफाई गर्दै आएका छन् ।डेढ दर्जनभन्दा बढी सामाजक संघ–संस्थाको अगुवाई बिर्तामोड बजार सरसफाई गरिए पनि स्थानीयबासीको असहयोगकै कारण समस्या उत्पन्न भएको सरोकारवालाले आरोप लगाएका छन् ।मंगलबार बिर्तामोडस्थित अतिथि सदनमा बिर्तामोड सरसफाई समितिले सर्...

बौद्ध धर्मका अनुयायीहरु उर्लाबारीमा भेला

उर्लाबारी, १७ माघ । पूर्वमा रहेका बौद्ध धर्मका अनुयायीहरु मोरङको उर्लाबारीमा भेला भएका छन् । संघिय मामिला तथा स्थानिय विकाश मन्त्रालय अन्र्तगतको बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकाश समिति ललितपुरको आयोजना आजदेखी उर्लाबारीमा सुरु धर्मदेशना प्रवचन कार्यक्रममा पूर्वमा रहेका बौद्ध धर्मका अनुयायीहरु भेला भएका हुन् । उर्लाबारी – २ स्थित पूर्र्वाञ्च...

बत्ति जडान गर्न सहयोग गर्ने रुकमानलाई सम्मान

उर्लाबारी । राजघाट उज्यालो समाज राजघाटले समाजसेवी रुकमान नाल्बोलाई सम्मान गरेको छ । उज्यालो समाजले राजघाटको दुर्गापुरी बजारमा सडकबत्ति जडानक्रममा ५५ हजार ५ सय ५५ रुपैंया सहयोग गरेका नाल्बोलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । राजघाट जेष्ठ नागरिकका अध्यक्ष यादबबहादुर थापा, जेष्ठ नागरिक सीतामाया घिसिङ,सीता नेपाल र समाजका अध्यक्ष हेमचन्द्र ग...

झापाको मेचीनगरमा पर्खालले किचेर मज्दुरकाे मृत्यु, तीन घाइते

झापा, १५ । झापाको मेचीनगर–१ स्थित खयरडाँगीमा पर्खालले किचेर आज एक भारतीय मजदुरको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मेचीनगर नगरपालिकाले बाटो किनारमा बनाउँदै गरेको पर्खाल खस्दा त्यसमा किचेर भारत बिहार बडरियाका ५५ वर्षीय सुबोल सिंहको मृत्यु भएको हो । उनीसँगै काम गर्ने भारत बिहार बडरियाका २२ वर्षीय वीरन सिंह, १९ वर्षीय तिलक सिंह र २१ वर्ष...

प्रिमियरकाे अागनमा रक्तदान कार्यक्रम

इटहरी । सुनसरीकाे इटहरीस्थित प्रिमियर हाेटल स्कुल , ग्लाेबल एजुकेसन(अल्फाबिटा )र किट्स ह्याप्पी हाेमकाे संयुक्त अायाेजनामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । प्रिमियर हाेटल स्कुलकाे प्राङगणमा सम्पन्न रक्तदान कार्यक्रममा ६० जना भन्दा बढीले रगत दान गरेका थिए । ‘रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस्,’भन्ने अभिप्रायले उक्त कार्यक्रम आयो...

विद्युत प्राधिकरण विराटनगरद्वारा १ करोड ८५ लाख ९२ हजार वक्यौता असुली

(मोरङ),१४ माघ : समयमा बिल नतिर्ने सेवाग्राहिरुबाट नेपाल विद्युत प्राधिकरण विराटनगरले १ करोड ८५ लाख ९२ हजार वक्यौता रकम असुल गरेको छ । प्राधिकरण विराटनगर प्रमुख शम्भु कुुुुशीयत यादवअनुसार गत साउनदेखि माघ सम्मको ६ महिनाको अवधिमा प्राधिकरण विराटनगर शाखाले १ करोड ८५ लाख ९२ हजार वक्यौता रकम असुलेको हो । लामो समयदेखी विल नर्तिने ३ सय ६० ग्राहकको लाइन काट...