दुर्घटनामा भुटानीको मृत्यु

दुर्घटनामा भुटानीको मृत्यु
दमक, ४ फागुन । झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिबिरबाट अमेरिका पुनर्बास हुनुभएका एकजना भुटानी शरणार्थीको दुर्घटनामा परेर ज्यान गएको छ । केहि बर्षअघि अमेरिकाको टेनीसी पुनर्वास हुनुभएका ४९ बर्षीय रुद्रबहादुर राईको सोमबार राति अमेरिकाको टेनिसी राज्यमा दुर्घटनामा परेर ज्यान गएको हो । राती साढे ११ बजे तिनवटा कार एक–आपसमा ठोक्किँदा कारमा सवार राईको...

आगलागीबाट रु पन्ध्र लाखको क्षति

आगलागीबाट रु पन्ध्र लाखको क्षति
राजविराज, ४ फागुन । सप्तरीको पोर्ताहा–५ मा मङ्गलबार साँझ आगलागी हँुदा रु पन्ध्र लाखको क्षति भएको छ ।  स्थानीयवासी चन्द्रदेव खिडहरी यादवको घरबाट सल्केको आगोले निजको एउटा घर, छिमेकी जुगाई खिडहरी यादवको एक र शङ्कर खिडहरीको एक गरी तीनवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । आगलागी विद्युत् सर्ट भएर भएको प्रहरीले बताएको छ । आगला...

स्पेनका जोनले चुमे बेमौसममा सगरमाथा शिखर

स्पेनका जोनले चुमे बेमौसममा सगरमाथा शिखर
सोलुखुम्बु, ४ फागुन । भारी हिमपात र अत्यधिक चिसो हुने यो मौसम हिमाल आरोहणका लागि प्रतिकूल मौसम हो तर यही समयमा स्पेनका नागरिक जोन एलेन्ज्ड चिकनले सगरमाथाको शिखर चुमेका छन् । उनी मङ्गलबर सगरमाथाको शिखर पुगेका हुन् । प्रेम दिवसका अवसरमा श्रीमान्÷श्रीमती नै सगरमाथाको शिखरमा पुगेर प्रेम साटासाट गर्ने लक्ष्यका साथ श्रीमती कार्लोसका साथ सगरमाथा आरोहणमा ग...

अष्ट्रेलियाको समुद्रमा डुबेर झापाली सहित दुई नेपालीको मृत्यु

अष्ट्रेलियाको समुद्रमा डुबेर झापाली सहित दुई नेपालीको मृत्यु
झापा, फागुन ३ । समुन्द्रमा डुवेर एक झापाली सहित दुई नेपालीको अष्ट्रेलियामा मृत्यु भएको छ । मृत्यु हुनेमा झापा घर भएका सुदीप उप्रेती र काठमाडौं घर भएकी सृष्टि भण्डारी रहेका छन् । उनीहरुको अष्टे«लियाको सिड्नीस्थित समुद्रमा डुबेर मृत्यु भएको बताइएको छ । उनीहरुमध्ये युवतीको शव प्रहरीले फेला पारेको छ । सोमबार साथीहरुसँग घुम्न गएका बेला काठमाण्डु निवासी ...

छाला जुत्ताको कारोबार ओझेलमा

छाला जुत्ताको कारोबार ओझेलमा
मोरङ, ३ फागुन । अन्तर्राष्ट्रिय उत्पादनले नेपाली बजार ओगटेपछि नेपालमा उत्पादन भएको छाला जुत्ताको कारोबार ओझेलमा परेको छ । नेपालमा गुणस्तरीय छालाका जुत्ता उत्पादन भए पनि भारत, चीनलगायत देशमा उत्पादित छालाका जुत्ताले बजार पाएको छ । माग अनुसारको मोडलका जुत्ता उत्पादन गर्न नसक्दा नेपाली उत्पादनले बजार पाउन नसकेको हो । नेपालमा पुँजी र दक्ष जनशक्तिको...

जैन धर्मगुरु अहिंसा यात्रा गर्दै नेपालमा

जैन धर्मगुरु अहिंसा यात्रा गर्दै नेपालमा
काँकडभिट्टा (झापा), ३ फागुन । जैन धर्मका सर्वोच्च गुरु आचार्य महाश्रमणजी अहिंसा यात्राका क्रममा आज बिहान पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नुभएको छ । सद्भावना, नैतिकता र नशाबाट मुक्तिको सन्देश बोकेर सयौँ अनुयायीका साथ भारतको पश्चिम बङ्गालस्थित पानीटङ्की नाकाबाट बिहान ९ः१५ बजे नेपाल प्रवेश गर्नुभएका आचार्य महाश्रमणजीलाई सहरी विकासमन्त्री अर...

नेपाल औषधि व्यवसायी संघमा तीनजनाको उम्मेदरी

नेपाल औषधि व्यवसायी संघमा तीनजनाको उम्मेदरी
सुरुङ्गा(झापा) ३ फागुन । नेपाल औषधि व्यवसायी संघ मेचीको फागुन ७ गते हुने निर्वाचनमा अध्यक्षका लागि त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ । अध्यक्षमा बिर्तामोडका औषधि व्यवसायी नरेन्द्र बस्नेत काजी, कञ्चन शर्मा खतिवडा र नरेन्द्रप्रसाद बरालको उम्मेदवारी परेको छ । काजी सरीन फार्मेसी, खतिवडा साई फर्मा र बराल ओसन फर्माका सञ्चालक हुन् । अध्यक्षका उम्मेदवारद...

सामाजिक सुरक्षा भत्ताको लागि बैंक खाता खोल्नेको यो सास्ती

सामाजिक सुरक्षा भत्ताको लागि बैंक खाता खोल्नेको यो सास्ती
उदयपुर, ३ फाल्गुन । ७० वर्ष नाघेकालाई दिइने वृद्ध भत्ताको लागि बैंकमा खाता खोल्न गएका अधिकांश बृद्धबृद्धाले सुरक्षा भत्ताले राहतभन्दा बढी सास्ती दिएको महसुस गरेका छन् । त्रियुगा नगरपालिका गाईघाटको १७ वटै वडाहरुमा गत माघ २१ गतेदेखि फाल्गुन ३ गतेसम्म सामाजिक सुरक्षा भत्ता बैंकमार्फत संचालन गर्नका लागि बैंक खाता खोल्ने निर्णय गरेसंगै वृद्ध वृद्धालाई...

प्रधानमन्त्री कार्यालयका सचिवबाट निर्देशन

प्रधानमन्त्री कार्यालयका सचिवबाट निर्देशन
भद्रपुर, २ फागुन । जिल्ला प्रशासन कार्यालय, झापाद्वारा आयोजित कार्यालय प्रमुखहरुको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव टङ्कमणि शर्माले आज जिल्लाका विकास निर्माणका विषयमा कार्यालय प्रमुखहरुसँग विस्तृत जानकारी लिनुभयो । सो अवसरमा प्रजिअ उत्तरकुमार खत्रीले जिल्ला वस्तुस्थितिका बारेमा विस्तृत जानकारी दिएपछि स्थानीय विकास अधिकारी खेमराज ओझा, कोष तथा...

आफ्नै छोरीमाथि जबर्जस्ती करणी गर्ने बुबा पक्राउ

आफ्नै छोरीमाथि जबर्जस्ती करणी गर्ने बुबा पक्राउ
लहान, २ फागुन । आफ्नै छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले आज सिरहाको गोलबजारबाट एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, गोलबजारबाट खटिएको प्रहरी टोलीले आफ्नै १५ वर्षीय छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा ४५ वर्षीय बुबालाई पक्राउ गरेको हो । आफूलाई पटकपटक जबर्जस्ती करणी गरेको पीडितको सूचनाका आधारमा उनका बुबालाई पक्राउ गरिएको इ...