महिलाको शव फेला

लहान, २ माघ / सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा आज साँझ एक महिलाको शव फेला परेको छ । जानकीनगरस्थित विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव फेला परेको हो । शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चिसोले एउटै वडामा साताभित्र पाँच जनाको मृत्यु

लहान, १ माघ / पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा एक साताभित्र चार महिलासहित पाँच जनाको मृत्यु भएको छ । चिसोका कारण आइतबार कर्जन्हा नगरपालिका–६ निवासी ७१ वर्षीया अमिरतीदेवी यादवको मृत्यु भएसँगै सोही वडामा जाडोका कारण मृत्यु हुनेको संख्या पाँच जना पुगेको हो । यसअघि गत शुक्रबार सोही वडाकी ६२ वर्षीय...

सप्तरीमा चिसोबाट थप एक महिलाको मृत्यु

राजविराज, ३० पुस/ पछिल्ला केही दिनयता चलेको शीतलहर र अत्यधिक चिसोका कारण सप्तरीको कञ्चनरुप नगरपालिका–३ मा आज थप एक महिलाको मृत्यु भएको छ । स्थानीय ६२ वर्षीया कलियादेवी सदाको अत्यधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । उनको आफ्नै घरमा सुतिरहेको अवस्थामा कठयाङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ । योसँगै सप्तरीमा ...

औरहीमा विद्युत् नहुँदा अँध्यारो

राजविराज/ सप्तरीको अति विकट मानिएको डाकनेश्वरी नगरपालिका–३, औरही गाउँमा बिजुली नहुँदा जनता अँध्यारोमा दिन बिताउँदैछन् । भारतीय सीमा नाकासँग जोडिएको सो गाउँमा अहिलेसम्म बिजुली नपुगेको स्थानीयवासी देवकुमार यादवले बताउनुभयो । सदरमुकाम राजविराजदेखि पश्चिम दक्षिणमा अवस्थित सो गाउँमा हालसम्म विद्युत् नहुँदा मोबाइल चार्ज तथा गहुँ– धान कुटाउनीपिसाउनी गर...

टिपर र बस जुध्दा १६ घाइते 

सप्तरी, २८ पुस / पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका–४ स्थित कदमहामा आज बिहान १० बजे टिपर र बस ठोक्किँदा १६ जना घाइते भएका छन् । सिन्धुलीबाट काँकडभिटातर्फ जाँदै गरेको मे १ ख १९९४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ५८१८ नंको टिपर बाक्लो हुस्सुका कारण ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । घाइते सबै...

सप्तरीमा चिसोबाट थप एकको मृत्यु

राजविराज, २८ पुस / सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवामा अत्यधिक चिसोबाट थप एक महिलाको आज मृत्यु भएको छ । स्थानीयवासी ६५ वर्षीया शान्तिदेवी यादवको अत्यधिक चिसाको कारण घरमै सुतेको अवस्थामा कठ्यांग्रिएर मृत्यु भएको इलाका प्रहरीका कार्यालय भारदहले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइ...

नेपाली वैज्ञानिकलाई अन्तरराष्ट्रिय सम्मान

महोत्तरी / नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसाडोर’ घोषणा गरिएको छ । सर्लाहीमा जन्मनुभएका कुशवाहा यसअघि सन् २०१६ मा ‘कालो चामलः अनुसन्धान, इतिहास र विकास’ नामक पुस्तक प्रकाशन गरी चर्चामा आउनुभएको थियो । हाल उहाँ भारतस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्ववि...

भोट हाल्न लामबद्ध मतदाता

चितवनको रत्ननगरस्थित बैरिया मावि मतदान केन्द्रमा बिहीबार भएका मतदानमा भोट हाल्न लामबद्ध मतदाता । तस्बिर : नारायण ढुंगाना, चितवन

कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिँदै

धनकुटा / ‘ग्रीन कागते, क्लिन कागते’ अभियान शुरू गरेसँगै धनकुटाको कागतेको कृषि पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ ।  धनकुटा नगरपालिका–३ स्थित कागते धनकुटा बजारबाट चार किलोमिटर टाढा रहेको छ । कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न नव निर्वाचित जनप्रतिनिधि र स्थानीवासीले अभियान नै सञ्चालन गरेका छन् । हिले र धनकुटा बजारको बीच भागमा पर्न...

राजधानीका लागि पूर्वका चार शहरको अध्ययन पूरा, यस्ताे छ मन्त्रालयमा पठाएको प्रतिवेदन

सुनसरी । आफुलाई प्रदेश नम्बर १ को राजधानी दाबी गरिरहेका पूर्वका तीन जिल्लामा रहेका सरकारी भौतिक संरचनाको अवस्थाका बारेमा सरकारले अध्यायन गरेको छ । प्रदेशको राजधानी माग भइरहेका धनकुटा, विराटनगर, इटहरी र धरानमा रहेका सरकारी भौतिक संरचनाको अवस्था अध्ययन गरिएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ । भौतिक संरचना अध्ययन गर्न जिल्...