जेष्ठ नागरिकहरुद्वारा नगरपालिका घेराउ

दुधौली / सिन्धुलीको दुधौली नगरपालिकाका जेष्ठ नागरिक , एकल महिलाहरुले मंगलबार नगरपालिका घेराउ गरेका छन् । ५ महिनादेखि नगरपालिकाको कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिक लगायतका सामाजिक सुरक्षा प्राप्त गर्ने सेवाग्राहीहरुले दुधौली बजारमा र्याली सहित परिक्रमा गरी नगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।  नगरपालिका घेराउमा सामाजि...

फरार अभियुक्तहरुलाई पक्राउ गरी जेल चलान

पाँचथर,१२ पौष  / जिल्ला प्रहरी कार्यालय पाँचथरले पछिल्लो समय जिल्ला अदालत पाँचथरबाट दोषी ठहर भई फरार भएका अभियुक्तहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।यसैक्रममा पछिल्लो एक हप्तामा मात्रै ५ जना फरार प्रतिवादीहरु लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पक्राउ पर्नेहरुमा करणी मुद्धाका आरोपी पाँचथर पंचमीका राम कुमार थुगुम्बा,वन मुद्ध...

प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर बाट दुई लाख बढि चोरी

ताप्लेजुङ, ११ पौष । ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर परिसरबाट दुई लाख २१ हजार रुपैँया रकम चोरी भएको छ । तिर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संर्बद्ध समितिका आजीवन र बिशिष्ट सदस्यले गरेको सहयोग सहित २ लाख २१ हजार रकम चोरी भएको समितिका सह सचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिनुभयो । मन्दिर परिसरमा र...

भोजपुरमा अनिश्चितकालिन यातायात बन्द, बजारका सडकमा सवारीका साधन

भोजपुर ११ पुष । यात्रुबाट आफ्ना मजदुर कुटिएको विरोधमा उत्रिँदा प्रहरीले धरपकड गरेको भन्दै यातायात व्यवसायीले भोजपुरमा सोमवारबाट अनश्चितकालिन यातायात बन्द गरेका छन् । भोजपुरमा क्रियाशिल रहेका ५ वटा ब्यवसायी संघसंगठनले सोमबारदेखि अनिश्चितकालका लागि यातायात बन्द गर्ने घोषणा गरेका हुन् । मजदुरमाथि प्रहरीले अकारण धरपकड गरी ज्यादती गरेको आरोप लगाउँदै उ...

भीरबाट लडेर मृत्यु

इलाम, १० पुष । इलामको दानाबारी–१ रातेखाडी भन्ने स्थानमा भीरबाट लडेर आज एक व्यक्तिको मृत्यु भएको छ । दानाबारीको गोरखे भन्ने स्थानबाट घरतर्फ फर्कने क्रममा दिउँसो ३ः०० बजे करिब १५ मिटर अग्लो भीरबाट लडेर दानाबारी–१ का ४७ वर्षीय लालबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

केन्द्रको ध्यान नपुग्दा राजविराज औद्योगिक क्षेत्र लथालिङ्ग

सप्तरी, १० पुस । सप्तरीको बसबिटीमा रहेको गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्र लामो समयदेखि लथालिङ्ग अवस्थामा छ । करिब २२ बिगाहा क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रका विभिन्न स्थानमा पर्खाल भत्किएका छन् भने जथाभावी रुख काटिने र गाईभैँसीलगायतका घरपालुवा जनावरले सो क्षेत्रमा लगाइएका बोट बिरुवा नष्ट गरिदिने गरेका छन् । हुर्किएका ठूला ...

केराबारीमा मच्छिन्द्र मेला

बेलबारी । मोरङको केराबारीमा मच्छिन्द्र मेला २०७३ आयोजना हुने भएको छ । मेला आयोजक मुल समारोह समितिले आईतबार केराबारीमा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो ।ब्यापार प्रबन्ध समिति केराबारीको आयोजना र खेलकुद बिकास समिति केराबारीको सहआयोजनामा यहि १९ गतेदेखि २५ गतेसम्म मेला सञ्चालन हुने मेलामा स्थानीय उत्पादन,भेषभुषा र संस्कृतिको जगेर्ना ...

उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमति अचेत : चार बर्षे दुधे बालककाे कन्तबिजाेक : उपचारमा घरबार सबै सकियाे

 उदयपुुर, १० पुस / उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमति अचेत अवस्थामा छिन् । ९ दिन अघि भलायडाँडा गाविस–३ विजनबारीका श्रीमान् जीवन मोतेको कुटपीटबाट २३ वर्षिय श्रीमति सरिता मोते घाइते बनेकी थिइन । श्रीमानको कुटाईबाट श्रीमतिको टाउकोमा गम्भिर चोट लागेको छ । घाइते श्रीमतिलाई विराटनगरको लाइफ गार्ड अस्पतालमा आइसीयुमा राखेर उपचार भईरहेको छ । पुस १ गते वि...

कन्याममा घोडा व्यवसाय फस्टाउँदो

इलाम, ९ पुस । पर्यटकीय मौसम सुरू भएसँगै इलाम सूर्याेदय नगरपालिकाका सोमबहादुर तामाङलाई दिनभर फुर्सद छैन । घोडामा चढाएर पर्यटक डुलाउनमै उहाँ व्यस्त हुनुहुन्छ । चियाबारीको सुन्दरता हेर्न कन्याममा आउने पर्यटक अचेल एकपटक घोडा नचढी फर्कंदैनन् । ग्रामीण भेगमा ढुवानीको भरपर्दो परम्परागत साधन घोडा अहिले पर्यटक रमाउने साधन बनेको छ । घोडा चढेर पर्यटक रमाउन...

फरार अपराधी पक्राउ

लहान, ९ पुस । सवारी ज्यान तथा कैदीबन्दी भागे भगाएको मुद्दामा कैद र जरिवानाको सजाय पाएर फरार भएका दुई जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । जिल्ला अदालत सिरहाबाट २०६९ असार २४ गते सवारी ज्यान मुद्दामा १६ दिन कैद तथा रु दुई हजार जरिवाना पाएर फरार सिरहा नगरपालिका–६ निवासी ३५ वर्षीय रासिन्द्र महरालाई पक्राउ गरिएको हो । अदालतको फैसलापछि फरार महराला...