नेपाली सेनाको रेस्क्यु टिमलाई इटहरी उपमहानगरले दियो १० लाख मूल्यको बाेर्ट

इटहरी / बर्खा याम सुरु हुनै लाग्दा हरेक वर्ष बाढी तथा डुबान प्रभावित बन्दै आएको सुनसरीको इटहरी उपमहानगरपालिकामा नेपाली सेनाको कृष्णदल गण तथा इटहरी उपमहानगरपालिकाको संयुक्त आयोजनामा विपद् प्रतिकार्य तालिम एव अभ्यास कार्यक्रम सम्पन्न भएको छ । बिपदकाे बेला नागरिकलाई कसरी सहयोग गर्ने , बाढीबाट कसरी बचाउने जस्ता अभ्यासहरू गरी विपद् प्रतिकार्य तालिम समापन गरिएको हो ।

विपद् प्रतिकार्य तालिममा इटहरी उपमहानगरपालिका २०वटै वडाका जनप्रतिनिधि, कर्मचारी , विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । प्रतिकार्य तालिम तथा अध्यास कार्यक्रम कृष्णदल गणका गणपति सेनानी ढलकबहादुर मोक्तानको प्रमुख आतिथ्य तथा इटहरी उपमहानगरपालिका कार्यवाहक नगरप्रमुख दिवस पोखरेलको अध्यक्षतामा भएको थियो ।

यसैबिच तालिम समापन सँगै नेपाली सेनालाई उपमहानगरले रु १० लाख मूल्य बराबरको रेस्क्यु बाेर्ट प्रदान गरेको छ । बिपदकाे बेला नागरिकलाई छिटो छरितो सेवा प्रदान गर्न सहज होस भन्ने उद्देश्य सहित सो बाेर्ट प्रदान गरिएको हो । बिपदकाे बेला अग्रस्थानमा रहेर नागरिकको सेवामा तल्लीन रहने नेपाली सेनालाई सहजता प्रदान गर्न उक्त बाेर्ट हस्तान्तरण गरिएको उपमहानगरका कार्यवाहक मेयर पोख्रेलले बताए ।

तपाईको प्रतिक्रिया