नेपाल प्रेस युनियन सुनसरीको नवाै अधिवेशन सम्पन्न : अध्यक्षमा ढकाल

इटहरी । नेपाल प्रेस युनियन सुनसरी शाखाले शनिवार आफ्नो नवौँ अधिवेशनको खुला सत्र सम्पन्न गरेको छ । इटहरी स्थित लायन्स क्लबको भवनमा अधिवेशनको खुला सत्र सम्पन्न भएको हो ।

नेपाल प्रेस युनियन सुनसरी शाखा सभापति पवन अधिकारीको अध्यक्षता तथा सङ्घीय सांसद एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतीथ्यतामा आयोजित एक कार्यक्रमका बिच खुला सत्र सम्पन्न भएको हो ।

कार्यक्रममा सप्तकोसी टेलिभिजनका समाचार प्रमुख कृष्ण भट्टराई जुनेली साथै सप्तकोसी टेलिभिजनका सम्वाददाता विनय प्रधानलाई पण्डित छविलाल बलमाया पोखरेल स्मिृती पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । यस्तै गोविन्द खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियनका पूर्व सभापति एवम् राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेल र अनिता बिन्दुलाई सम्मानित गरिएको छ ।

याम प्रधान स्मृती पत्रकारिता पुरस्कारबाट भिषण राई,गिरीराज आचार्य सृजनशील पत्रकारिता पुरस्कारबाट अर्जुन सुवेदी,पदम केशर कार्की स्मृति पत्रकारिता पुरस्कारबाट कला चापागाईँ,सृजनशील युवा पत्रकारिता पुरस्कारबाट टाेमराज मेहता साथै पण्डित छविलाल बलमाया पोखरेल स्मिृती पत्रकारिता पुरस्कारबाट पारस राई,आशिष् कुमार यादवलाई सम्मानित गरिएको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला,राजीव ढुङ्गाना,नेपाल प्रेस युनियन केन्द्रीय अध्यक्ष शिवप्रसाद लम्साल,नेपाली काँग्रेस सुनसरी जिल्ला सभापति केदार भण्डारी,नेपाल प्रेस युनियनका पूर्व सभापति एवम् राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेल लगायत नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

यसै बिच शनिवार सम्पन्न खुला शत्रबाट प्रेस युनियन सुनसरीमा अध्यक्षकालागि ध्रुव ढकाल सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा मिकायल अालम, उपाध्यक्ष (समावेसी) निशान प्रकृती थारू, सचिव बाबुराम कार्की, काेषाध्यक्ष मात्रिकाप्रसाद नेपाल, सहसचिव शुवेक्षा कार्की लगायत सदस्यहरूमा क्रमस सविना पाेखरेल, सरस्वती थारू, मेनुका डुमजन, श्वेता शरदार थारू, अस्मिता चाैधरी, नसिम अन्सारी, मसनाफ हसन गरी १३ सदसिय कार्यसमिती सर्वसम्मत चयन भएकाे छ ।

तपाईको प्रतिक्रिया