दुहबीबाट चोरीको दुई माेटरसाइकल सहित २ जना पक्राउ

इटहरी । सुनसरीकाे दुहबी नगरपालिकाबाट २ वटा चाेरीकाे माेटरसाइकल सहित चाेरीमा संलग्न २ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दुहबी नगरपालिका-२ का ३५ बर्षीय सुर्य नारायण चौधरी र सुन्दरहरैचा नगरपालिका-३ मोरङका २७ बर्षीय अमन सरदार रहेका इलाका प्रहरी कार्यालय दुहबीले जनाएकाे छ ।

बुधबार राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रदेश १-०२-०४८ प २९६१ नम्बर र प्रदेश १-०२-०५० प ३९७९ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।चोरीको मोटरसाईकल सहित पक्राउ परेका दुबै जनालाइ  नियन्त्रणमा लिइ  थप अनुशन्धान भइरहेकाे दुहबी प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया