धरान / ११३ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा धरानका सात महिला सम्मानित भएका छन्। धरान उपमहानगरपालिकाद्वारा आयोजित कार्यक्रममा खुल्ला महिला दिवसको कार्यक्रमका धरान क्षेत्रमा उत्कृष्ट काम गर्ने ७ महिलाहरू सम्मानित बनेका हुन् ।
सम्मानित हुनेहरू मध्येकी पुष्प उत्पादनको क्षेत्रमा २१ जना महिलालाई रोजगार दिएरहेकी पुष्प व्यवसायि कल्पना लिम्बु, त्यसै गरी शारीरिक रूपमा फरक क्षमता रहेर पनि विभिन्न हस्तकलाका सामानहरू मायाका चिनोहरू बनाई असल र श्रमजीवी महिलाको पहिचान बनाएकी मनमाया राई, ढाकाटोपि उद्योग संचालन गरिरहेकी प्रेमकुमारी राई, धरानको प्रथम महिला टेम्पो चालक मालती तामाङ, महिला सञ्जाल धरानकी संस्थापक अध्यक्ष गंगा बराल, धरान उपमहानगरपालिकाकि कुचिकारको रुपमा रहि अन्तरजातिय विवाह पछि श्रिमानलाई क्यान्सर हॅुदा पनि श्रिमानलाई हेरचार गरि छोराछोरि पढाईरहेकि रुपा परियार र बिजुलि नहुदा पनि टुकि बालेर महिलाको प्रस्सुति सेवामा खट्ने बिजयन्ति लिम्बु रहेका छन् ।
उपमहानगरपालिकाका उपमेयर आईन्द्र बिक्रम वेघाले र अध्यक्ष सपनाले संयुक्त रुपमा खदा माला लगाई सम्मान पत्र प्रदान गरेका थिए।