होली खेल्ने क्रममा धरानमा खुकुरी प्रहार, २ जना पक्राउ

धरान / धरानको माछाभौडीमा एक युवामाथि खुकुरी प्रहार भएको छ । होली खेल्ने क्रममा दिप्सन परियारलाई सन्देश मगर तथा १ रोशन तामाङलाई खुकुरी प्रहार गरेकाे अाराेपमा प्रहरीले नियन्त्रणमा लिएको धरानका डिएसपी नवराज मल्लले बताएका छन् ।  पीडित र पिडक पक्ष दुबै जना मादकपदार्थ सेवन गरी झगडा गरेको प्रहरीको भनाई छ । घाइते परियारको  हाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सीमा उपचार भइरहेको छ । 

तपाईको प्रतिक्रिया