सुनसरीमा पहिलो पटक महिला सिडिओ

इटहरी । गृहमन्त्रालयले एकै साथ ठुलो सङ्ख्यामा सहायक सिडिओ तथा सिडिओहरूको सरुवा गरिरहँदा सुनसरीमा भने पहिलो पटक महिलाले नेतृत्व पाएको छ । २०२७ साल देखि महिला नेतृत्व शून्य बनेको सुनसरी जिल्ला प्रशासनको कार्यालयमा गृह मन्त्रालयले पहिलो पटक महिलालाई नेतृत्व सम्हाल्न जिम्मेवारी दिएको छ ।

यस अघि सुनसरी जिल्लामा प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव रहेका थिए । उनको सर्लाही सरुवा भइरहँदा सुनसरीमा हुमकला पाण्डे आउने भएकी छिन । भक्तपुर जिल्लामा नेतृत्व सम्हालिसकेकी पाण्डे सुनसरीमा प्रमुख जिल्ला अधिकारी भएर आउने भएकी हुन । जिल्लामा पहिलो पटक महिलाले नेतृत्व पाउने भएपछि कर्मचारीहरू पनि उत्साहित देखिएका छन् । सुनसरी प्रशासन कार्यालयमा हुमकलालाइ भव्य स्वागत गर्ने तयारीमा कर्मचारीहरू जुटेका छन् ।

तपाईको प्रतिक्रिया