बस र मोटरसाइकल जुध्दा झापामा दम्पतीको मृत्यु

झापा / झापामा मंगलबार अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीले ज्यान गुमाएका छन् । कन्काई नगरको दुर्गापुरमा बस र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक झापाको अर्जुनधारा–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र पछाडि सवार उनकी श्रीमती ५० वर्षीया सीतादेवीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनाका घाइते दम्पतीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

तपाईको प्रतिक्रिया