दार्चुला घटना : आफ्नो लापरबाहीले बालकको मृत्यु भएको भारतीय निर्माण कम्पनीको स्वीकारोक्ति

धनगढी / आफ्नो लापरबाहीका कारण दार्चुलामा बालकको मृत्यु भएको निर्माण कम्पनी गर्ग एण्ड गर्गले स्वीकार गरेको छ । शनिबार दुईपक्षीय छलफलका क्रममा आफूहरूको लापरबाहीका कारण ९ वर्षीय बालक पवन महराको मृत्यु भएको निर्माण कम्पनीले स्वीकार गरेको हो।

उक्त घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए ।अध्यक्ष धामीका अनुसार भारतीय कम्पनीले मृतक पवनको परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रारम्भिक सहमति भएको छ ।

तर, निजी कम्पनी भएकाले आफूहरूलाई रोजगारीभन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ । शुक्रबार जिल्लाको व्यास गाउँपालिका वडा नम्बर २ मा भारतीय पक्षले महाकाली नदीपारी सडक निर्माण गर्दैगर्दा ती नेपाली बालकमाथि ढुङ्गाले लागेको थियो ।

तपाईको प्रतिक्रिया