विराटनगरमा साइकलको ठक्करबाट एक वृद्धको मृत्यु

विराटनगर / मोरङको विराटनगर महानगरपालिका–१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका–२ का ७० वर्षीय हर्कदेव सरदार रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो । ग्रामथान गाउँपालिका–२ कै ३५ वर्षीय बिनोद मोडियारीले चलाएको साइकलले आज बिहान साढे ७ बजे वृद्धलाई ठक्कर दिएको थियो ।

दुर्घटना पश्चात् साइकलयात्री फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी झोराहाट मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया