चार वर्षदेखि फरार मन्जिता पक्राउ

झापा । लागुऔषध मुद्दामा अदालतले कैद र जरिवानाको फैसला सुनाए पनि फरार रहेकी एक जना महिलालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । चार वर्षदेखि फरार रहेकी प्रतिवादी झापाको दमक नगरपालिका–७ की २७ वर्षीया मनजिता सहनीलाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरे पनि फरार रहेकी सहनीलाई प्रहरीले पक्राउ गर्न सकिरहेको थिएन ।

उनलाई जिल्ला अदालत झापाले २०७५ माघ १६ गते दुई वर्ष कैद र एक लाख रूपैयाँ जरिवानाको फैसला गरेको थियो । प्रहरीले पक्राउ गरेर बुझाएपछि सहनीलाई अदालतले बुधबार कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

तपाईको प्रतिक्रिया