बराह सहकारी पीडित संघर्ष समितिका प्रवक्ता पक्राउ

धरान / बराह सहकारी पीडित संघर्ष समितिका प्रवक्ता प्रदीप बास्तोलालाइ बुधबार इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेकाे छ । धरान उपमहानगर हर्कराज साम्पाङले प्रवक्ता बास्तोला र समितिका संयोजक खगेन्द्र नेपालीविरुद्ध किटानी जाहेरी दिएका थिए ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले प्रवक्ता बास्तोलालाई पक्राउ गरेको जानकारी दिए । आइतबार बराह बचत तथा ऋण सहकारी सँस्थाका पीडितहरू न्याय माग्दै धरान उपमहानगरको कार्यालय पुगेका थिए ।

मेयर साम्पाङले गैरजिम्मेवार अभिव्यक्ति दिएकाले र माफी मागी शब्द फिर्ता लिन माग गर्दै अनियन्त्रित भीड नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्दै तोडफोडसमेत गरेका थिए । तोडफोड गर्दा मेयर राईको कार्यकक्षको झ्यालको सिसा फुटेको थियो ।

तपाईको प्रतिक्रिया