सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकाले विगत ५ बर्ष देखि सङ्कलन गर्दै आएकाे फोहोर नजिकैकाे जङ्गल तथा खाेलामा फाल्ने गरेकाे कारणले समस्या निम्त्याउँने भएको छ । गर्मीयाम शुरु भएसँगै नजिकै रहेका बस्तीमा त्यहाँबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने स्थानीयहरु बताउँछन् । नगरकाे वडा नम्बर १० को खोर्साने– केराबारी सडक खण्डमा रहेको डम्पिङ साइटले वातावरण समेत प्रदुषित बनेको छ । यस्तै वडा नम्बर ४ मा रहेको गछिया खेला छेउ (बडहरा)मा पनि केही वर्ष देखि फोहोर फाल्ने गरिएको छ ।
नगरकाे विराटचोक बजार, खोर्साने, सलकपुर ,गोठगाउँ लगायत क्षेत्रबाट निस्कने फोहोरलाई जङ्गलमा र गछिया, दुलारी, बाँसबारी, बलियाको फाेहोर खोला क्षेत्रमा फाल्ने गरिएको छ । पानी परेको समयमा प्लाष्टीक जन्य फोहोर बगाएर किसानको खेतबारी तथा अन्य ठाउँमा पुर्याउने गरेकाले खेतबारीको माटो समेत प्रदुषित भई उत्पादनमा गिरावट आउने गरेको सुन्दरहरैंचा १० निवासी नगेन्द्र दाहालले बताए । उनले याे समस्या अन्यकाे लागि कुहुने तथा नकुहिने फाेहाेर मैला अलगअलग छुट्टाएर उपयुक्त ड्म्फिन साइडकाे विकास गरि फाेहाेरलाई माेहाेरमा प्ररिणत गर्न जरुरी भएको उल्लेख गरे ।
नगरपालिकाबाट दैनिक रुपमा ट्याक्टर तथा टिफरले फोहोर संकलन गर्दै आएका छन् । फोहोर व्यवस्थापन गर्न तत्कालीन समयमा हाल रहेको वडा नम्बर १ को कुमारगाउँमा २ बिघा ५ कठ्ठा जग्मा खरिद गरिएको थियो । उक्त जग्गामा अहिले सम्म कुनै फोहोर व्यवस्थापनको काम भएको छैन । उत्त क्षेत्र अहिले कासघारीमा परिणाम भएको छ । यो जग्गा खरिदका लागि विभिन्न संघसंस्थाले सहयोग समेत गरेका थिए । नगरपालिकाले हालसम्म सङ्कलन गरेको फोहोरमा कुहिने र नकुहिने फोहो नछुट्याई व्यवस्थापन गर्ने गरेको छ ।
सुन्दरहरैंचाको फोहोरमैला व्यवस्थापन समयमानै ध्यान पुर्याउन नसके ठुलो समस्याको रुपमा रहने रेडियो सुसेलीका प्रबन्ध निर्देशन बाबुराम निराैंलाले बताए । उनले नगरकाे विभिन्न वडाबाट संकलन हुने फोहोर हाल खोर्सानेको उतर तर्फको जंगलमा फाल्नु उपयुक्त नभएको जानकारी दिए। निराैलाले अव पनि सम्बन्धित निकायले ध्यान पुर्याउन नसके खोर्साने क्षेत्र लगायतमा ठूलो समस्या हुने विश्लेषण गर्न सकिने बताए । समयमा नै फोहोरमैलालाइ बर्गिकरण गरि कुहिनेलाई मल तथा नकुहिनेलाई कच्चापदार्थमा परिणत गर्न सम्बन्धित सराेकारवालाले ध्यान पुर्याउदै ति जमिनहरूमा भण्डारण केन्द्र निर्माण गरि दिगो फोहोरमैला मैला व्यवस्थापन सुन्दरहरैंचामा गर्न जरूरी देखिएकाे स्थानीयहरु बताउँछन्।