सुनसरीको इटहरीमा दुर्घटना, भारतीय नागरिक सहित दुई जनाको मृत्यु

सुनसरी / सुनसरीको इटहरीका अलगअलग स्थानमा शुक्रबार साँझ दुर्घटना हुँदा भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको छ । मृतक दुवै पुरुष हुन् । एक जना ७५ वर्षका वृद्ध छन् ।

कोसी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१२ चौकीमोडमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा प्रदेश ०२–०३१ प ०६११ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ । बाटो क्रस गर्दै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा भारत बिहारका ५० वर्षीय लालुप्रसाद विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा राति ८ः१० बजेतिर मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया