महेन्द्र बहुमुखी क्याम्पस धरानमा व्यापार प्रदर्शनी मेला आयोजना

धरान / धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस धरानमा व्यापार प्रदर्शनी मेला आयोजना हुने भएको छ ।आगामी जेठ १८ गते बुधबारका दिन ब्यापार प्रदर्शन मेला आयोजना हुने आयोजकले जनाएको छ । नेपाल बैंक लिमिटेडद्वारा प्रायोजित कार्यक्रममा साना तथा मझौला व्यवसायको उत्पादन प्रदर्शन तथा प्रचार गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । मेलामा ५० वटा स्टल रहने आयोजकले जनाएको छ ।

प्राविधिक क्षेत्रका विभिन्न सुरुवाती व्यापारहरु समेत प्रदर्शन तथा प्रवद्र्धन गर्ने लक्ष्यसाथ मेला आयोजना गर्न लागिएको क्याम्पस प्रमुख दामोदर भण्डारीले जानकारी दिए । व्यापार मेलामा विभिन्न कलेजका विद्यार्थी, विभिन्न बैंक तथा वित्तीय संस्था, साना तथा मझौला ब्यापार , स्थानीय ब्यापारी लगायतका ५ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको विद्यार्थी युनेश भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया