सुन्दरहरैंचामा ६६ प्रतिशत खस्यो मत, सबै मतदान केन्द्रबाट आएका मतपेटीका नगरपालिका भवनमा ल्याइदै

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा नगरपालिका सहित मोरङ जिल्लाका विभिन्न पालिका तथा मतदान केन्द्रमा तोकिएकै समयमा मतदान सुरु भएर सम्पन्न भएको छ । लाइनमा बसेर सौहार्दपूर्ण तरिकाले मतदाता मतदान प्रक्रियामा सहभागी भएका थिए । विराटनगरमा २९ वटा मतदान स्थल र एक सय ४० वटा मतदान केन्द्र तोकिएकाे थियाे । हल्का वर्षा भएका कारण माेरङकाे कटहरी र धनलपालथान गाउँपालिका तथा रतुवामाई नगरपालिकामा केही ढिला गरेर मतदान सुरु भएको थियाे । मोरङमा हाल ७ लाख १५ हजार दुई सय २३ मतदाता छन् ।

माेरङकाे विभिन्न पालिकाहरु मध्ये सुन्दरहरैंचा नगरपालिकाकाे १२ वडाहरुमा शान्तिपूर्ण किसिमले मतदान कार्य भएको छ । भुगाेल तथा जनसंख्याकाे आधारमा मोरङ्ग जिल्लाकाे सबै भन्दा ठूलो यस नगरमा जम्मा ७१ हजार ७ सय ५६ मतदाता रहेका छन् । सुन्दरहरैंचामा उमेदवार ३०२, मतदान केन्द्र २५ तथा मतदान स्थल ८० साथै यहाँ राजनैतिक दल ११ रहेकाे निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी । मोरङको सुन्दरहरैँचा नगरपालिकाकी १ सय १३ वर्षीया महेश्वरा अधिकारीले पहिलो मतदान गरेकी थिइन् । पञ्चायत कालदेखिका धेरै निर्वाचनमा मत हाल्न पाउनु आफ्नो सौभाग्य भएको अधिकारीले उल्लेख गरिन् ।

सुन्दरहरैंचामा ६६ प्रतिशत मत खसेको जानकारी प्राप्त भएको छ । सुन्दरहरैंचाका सबै मतदान केन्द्रबाट आएका मतपेटीका नगरपालिका भवनमा ल्याउँने कार्य भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आए पछि सर्वदलीय बैठक बसेर मतगणना शुरु हुने आयोगले जनाएको छ।

काहिँ काहीं छिटपुटका घटना बाहेक मतदाताले मूलुक भर शान्ति पूर्ण किसिमले मतदान गरेका छन् । रौतहटको यमुनामाइ गाउँपालिका २ मा मत पेटिका लुटियो छ । कानुनी व्यवस्था अनुसार मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा छन्।

तपाईको प्रतिक्रिया