विराटनगर महानगरपालिका : कुन वडामा कति खस्यो मत (सूचि सहित)

बिराटनगर / स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानमा प्रदेश १ काे राजधानी विराटनगर महानगरपालिकामा कुल ६७.३५ प्रतिशत मत खसेको छ । विराटनगरको ९७ पदका लागि भएको निर्वाचनमा कुल ८९ हजार ६ सय ७८ जनाले मतदान गरेका हुन् । विराटनगरमा कुल १ लाख ३३ हजार १४२ जना मतदाता छन् । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिमा अहिले १९ वटै वडाबाट मतगणना स्थलमा मतपेटिका ल्याउने कार्य भईरहेको छ । विराटनगर-७ स्थित आदर्श माध्यमिक विद्यालयलाई मतगणना स्थल तोकिएको छ ।

विराटनगर महानगरपालिका जम्मा खसेको मत

१. वार्ड न.१:- ५२९१
२. वार्ड नं.२ :- ३९२५
३. वार्ड नं.३:- ६५६१
४.वार्ड नं.४ :- ७४५४
५. वार्ड नं.५:- ५६९१
६. वार्ड नं.६ :- ७१९३
७. वार्ड नं.७ :- २९१६
८. वार्ड नं.८ :- ५४१०
९. वार्ड नं.९ :- ३७४०
१०. वार्ड नं.१० :- ४४८०
११. वार्ड नं.११ :- ४६३०
१२. वार्ड नं.१२ :- ६१४९
१३. वार्ड नं.१३ :- २७१९
१४. वार्ड नं.१४ :- ४७६४
१५. वार्ड नं.१५ :- ५५८३
१६. वार्ड नं.१६ :- २७८५
१७. वार्ड नं.१७ :- ३९०९
१८. वार्ड नं.१८ :- ३५४४
१९. वार्ड नं.१९ :- २९६४
कुल जम्मा:-१३३१४२
कुल जम्मा खसेको मत :- ८९६७८(६७.३५%)

तपाईको प्रतिक्रिया