प्रदेश १ मा पाँच हजार चार सय ४८ जना सशस्त्र प्रहरी परिचालन

विराटनगर / स्थानीय तह निर्वाचन सुरक्षाका लागि प्रदेश १ मा पाँच हजार चार सय ४८ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रदेशमा डिआइजी कमल गिरीको नेतृत्वमा सशस्त्र प्रहरी रहेको छ । सशस्त्र प्रहरीले दोस्रो घेरामा रहेर निर्वाचनमा सुरक्षा प्रदान दिने छ छ । पहिलो घेरामा नेपाल प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिने छ ।

निर्वाचनलाई लक्षित गरेर मोबाइल गस्ती र स्ट्राइकिङ बढाएको सशस्त्रले रिजर्व टोलीसमेत तैनाथ गरेर राखेको छ । १४ जिल्ला रहेको प्रदेश १ मा प्रदेश १ मा एउटा महानगरपालिका, दुईवटा उपमहानगरपालिका, ४६ वटा नगरपालिका र ८८ वटा गाउँपालिका रहेका छन् ।

तपाईको प्रतिक्रिया