चैत देखी प्रदेश न १ का ८ वटै यातायात कार्यलयबाट अनलाइन सेवा सुरु गर्ने

पथरी / १ नम्बर प्रदेश भित्रको यातायात सम्बन्धी सबै कामहरु अनलाईन माध्यमबाट सुरु हुने प्रदेश नम्बर १ का यातायात ब्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताएका छन् । लेटाङ ८ जाँते बजारमा टीकाप्रसाद हर्कवती चेम्जोङको शालिक अनावरण गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् ।

जाँते बजार, गाविस र विद्यालयलाई जग्गा दान दिदै जाँते बजार स्थापित गर्नु हुनु चेम्जोङ परिवारको योगदान अतुलनीय रहेको उल्लेख गरे । टीकाप्रसाद उहाँका सन्तानको मात्र बाबू नभएको उल्लेख गर्दै मन्त्री घिमिरेले जाँतेको बिकासमा उहाँले जग बसाएर जानू भएको बताए । मन्त्री घिमिरेले प्रदेश नं. १ सरकारले यातायात क्षेत्रमा सुधारका काम सुरु गरेको बताउँदै १ नम्बर प्रदेशका ८ वटै यातायात कार्यलयबाट अनलाइन सेवा सुरु गर्ने बताए । घिमिरेले चैत १ देखि बिराटनगरबाट,चैत १५ देखि सुनसरीबाट,बैशाख १ देखि झापाबाट ,बैशाख १५ देखि धनकुटा ,उदयपुर र इलामबाट र जेठ १ गते देखि खोटाङबाट अनलाइन सेवा सुरु गर्ने तयारी भइरहेको बताएका छन् । मन्त्रालय विभाजनको आलोचना भएको उल्लेख गर्दै कर्मचारीहरूले अभिभावक पाएको बताएकोले मन्त्रालय विभाजन आवश्यकता फुटेको धारणा राखे ।

जग्गादाता चेम्जोङ दम्पतीले जाँते बजार, जाँते मावि, जाँते स्वास्थ्य चौकी र तत्कालीन जाँते गाविस (हाल वडा नं.८ को कार्यलय) निर्माण गर्न स्वर्गीय चेम्जोङ दम्पतीले साडे १२ कट्ठा जग्गा दिनु दिएका थिए । जाँते माविलाई, वडा कार्यलय र स्वास्थ्य चौकी साडे ७ कट्ठा एवम् जाँते बजारलाई २०४४ सालमा ५ कट्ठा जग्गादान दिएका थिए । टीकाप्रसाद हर्कवती स्मृति प्रतिष्ठानका अध्यक्ष ओमप्रकाश चेम्जोङको सभापतित्वमा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका उप मेयर कृष्णकुमारी पोख्रेल, वडा अध्यक्ष भिम प्रसाद पोख्रेल, कांग्रेसका नेता इन्द्रबहादुर मावोहाङ, विमला राई, नन्दप्रसाद खतिवडा लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

आजकाे राशिफल, वि.सं. २०७९ कार्तिक ५ गते शनिबार || श्री मनकामना देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

चैत देखी प्रदेश न १ का ८ वटै यातायात कार्यलयबाट अनलाइन सेवा सुरु गर्ने

टर्कि सरकारको सहयोगमा हेस्राद्धारा बक्रा खोला पिडितलाई राहत

कानेपोखरी लेटाङ जंगलमा शव फेला, आफन्त भन्छन हत्या भएको शंका

नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस (फोटोफिचर)

माेरङमा मलामी पुगेर फर्किएकालाई प्रहरीद्धारा निर्घात कुटपिट (भिडियाे सहित)

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

दुई स्रष्टा सम्मानित

मोरङको पथरीशनिश्चरेमा ४ सय २० महिलाको क्यानसर परीक्षण

पथरीशनिश्चरेका ५० प्रतिशत निजी बिध्यालय बिनाअनुमती कक्षा संचालन

तपाईको प्रतिक्रिया