सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा ६ स्थित प्रदेशकै बिग स्कुलकाे रुपमा रहेको साजीलाल माध्यमिक विद्यालयले कवर्डहल निर्माणको लागि शिलान्यास गरेको छ । साजिलाल माध्यमिक विद्यालयले तयार गरेको नयाँ गुरुयोजना अनुसार पहिलो कार्यको रुपमा पाैने ३ कराेडकाे लगानीमा कवर्डहल निर्माणका लागि शिलान्यास गरिएको हो । विद्यालयको जग्गामा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालले कवर्डहलको शिलान्यास गरेका थिए । कवर्डहलको शिलान्यास कार्यक्रममा नगर प्रमुख ढकालले विग स्कुलको रुपमा छनौट भएको साजिलाल माध्यमिक विद्यालयले नमुना कवडहल निर्माण गर्न लागेकोमा प्रशङसा गरेका थिए । उनले यसकार्यमा नगरपालिकाबाट मात्र नभएर प्रदेश सरकार र संघीय सरकारबाट समेत बजेट जुटाएर निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
विद्यालयका प्रधानाध्यापक कल्याणप्रसाद सिटौलाले भलिवल, बास्केटवल, व्याडमिन्टन, कराँते, तेक्वान्दो लगायतका खेलका संरचना निर्माण गरि खेलग्रामकै रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए । उनले स्थानीयबासी, नगरपालिका, प्रदेश सरकार र संघीय सरकार समेतको लागत सहभागितामा कवर्डहल निर्माण गर्ने योजनाका साथ काम अघि बढाइएको बताए ।
कवर्डहल निर्माण समितिका अध्यक्ष प्रकाश सिग्देलको अध्यक्षतामा कवर्डहल निर्माण कार्यको शिलान्यास भएको थियो । विस २०२२ सालमा स्थापना भएको साजिलाल माविमा हाल करिव २ हजार भन्दा बढी विद्यार्थीहरु अध्यायनरत छन् । सुन्दरहरैंचा नगरकाे पहिचान बाेकेकाे यस विद्यालयमा कक्षा १२ सम्मकाे पढाइ सञ्चालन हुँदै आएकाे छ ।