मोटरसाइकलको ठक्करबाट कैलालीमा महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

धनगढी / कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएकाे छ । पूर्वपश्चिम राजमार्गअन्तरगत लम्कीचुहा नगरपालिका-४ को बलियामा से ६ प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँकी ५५ वर्षीय मनसरा न्यौपानेको मृत्यु भएको हाे ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार ठक्करबाट घाइते ती महिलाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । उनकाे मृत्युपछि पछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले टायर बालेर राजमार्गमा प्रर्दशन पनि गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया