सोलुखुम्बुमा कुटपिट गरी छिमेकीको हत्या, अभियुक्त पक्राउ

इटहरी / कुटपिट गरी छिमेकीको हत्या गरेको आरोपमा सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका १ बुम्रे का ४५ वर्षीय वाङदी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्त शेर्पाले गएराति ११ः४५ बजे सोही स्थानका ५२ वर्षीय दानु शेर्पालाई दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी खरिखोलाबाट प्रहरी टोली खटी गई अभियुक्त शेर्पालाई नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अभियुक्त शेर्पालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको हिरासतमा राखी घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया