लेटाङमा ३ नाल भरुवा बन्दुकसहित एक जना पक्राउ

इटहरी / मोरङको लेटाङ नगरपालिका ९ वसन्त हरियाली सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङकै मिक्लाजुङ गाउँपालिका ५ का ६० वर्षीय इन्द्रबहादुर राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार आज बिहान १०ः०० बजे अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारेको हो ।

उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक–३ नाल, बारुद–२ डब्बा, गोली –१८ थान, छर्रा–५ पोका, खुकुरी–१ थान र गेटिस (गुलेली)–१ थान बरामद गरेको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय लेटाङको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया