इटहरी / झापाको दमक नगरपालिका २ हुम्से–दुम्से सामुदायिक जंगलमा चेकिङको क्रममा गाँजा र चरेससहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलामको माइसेबुङ गाउँपालिका २ का ३२ वर्षीय दीपेन्द्र राई र १९ वर्षीय नुवसन मुखिया रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार हिजो अपराहन्न ४ः०० बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उनीहरु सवार मे ३ प ५६६२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको थियो ।
लागूऔषध फेला परेपश्चात उनीहरु सवार रहेको मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।