इटहरी / झापा र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति ९ः०० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका ३ बेलडाँगी शिविरबाट २३ वर्षीय राजन तामाङलाई ब्राउनसुगर ९ ग्रामसहित पक्राउ गरेको हो ।
यसैगरी हिजो दिउँसो १ः३० बजे मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ७ का १९ वर्षीय कुशल बराइलीलाई लागूऔषध लुपिजेसिक १३ एम्पुल ,डाईजाल्याब १३ एम्पुल, एभिल १३ एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए । पक्राउ परेका दुवै अभियुक्तउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।