मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

इटहरी / झापाको भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–४ का ७७ वर्षीय जगतबहादुर कार्की रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) हिजो राति ६ः४५ बजे मे.१० प ४४१९ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका कार्कीको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटना गराउने मोटरसाइकल र चालक कचनकवल गाउँपालिका–७ का माधव राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया