प्याब्सन प्रदेश न १ को अध्यक्षमा ढकाल निर्वाचित

वरिष्ठ उपाध्यक्षमा सुमित थापा , उपाध्यक्षमा ज्ञानकुमार दाहाल तथा अर्जुन बस्नेत

सुन्दरहरैंचा / माेरङकाे उर्लाबारीमा भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश न.१ को अधिवेशनबाट अध्यक्षमा सर्बसम्मत रुपमा टिकाराम ढकाल निर्वाचित भएका छन् । प्रदेश प्याब्सनकाे तेस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुमित थापा , उपाध्यक्षमा ज्ञानकुमार दाहाल तथा अर्जुन बस्नेत निर्वाचन भएका छन् । साथै सचिवमा काेषराज प्याकुरेल , काेषाध्यक्षमा राजेश आचार्य ,सह-सचिव विष्णुप्रसाद कोइराला ,सह-कोषाध्यक्षमा युसुभ पाण्डे निर्वाचित भएका हुन् ।

तेसै गरि प्याब्सन प्रदेश अधिवेसनबाट सदस्यहरुमा भानुभक्त राजवंशी , ज्ञानकुमार पलङ लिम्बु,रुक्मीणा गौतम (कोपिला),निश्चलराज शाक्य,तथा भुवन श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । १३ जानाकाे प्याब्सन प्रादेशिक नयाँ कार्य समिति चयनकाे अधिवेशनमा प्रमुख अतिथि प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी रहेका थिए ।

काे हुन् ढकाल ?

शिक्षासेवी टीकाराम ढकालकाे जन्म वि.स. २०२८ सालमा भाेजपुर जिल्लाकाे याकुमा भएको हाे । २०४८ सालमा स्थापना भएर संचालन हुदै आएकाे माेरङकाे सलकपुरमा रहेकाे ब्राइट फ्युचर मा. वि.का प्रिन्सिपल ढकालले २०५६ साल देखि विद्यालयकाे नेतुत्व गर्दै आएका हुन् । हाल उनी विद्यालयका प्रबन्ध निर्देशक छन् । शिक्षा र प्याब्सनकाे गतिविधिमा लामाे समयदेखि सक्रिय रहदै आएका ढकालले हरैंचा स्थित जनता मा.वि. बाट २०४५ सालमा एसएलसी उतिर्ण गरेका हुन् ।

उनलेे इटहरीकाे जनता कलेजकाे दाेस्रो व्याचकाे विधार्थी भइ आइकम , महेन्द्र माेरङबाट बि.कम र सुकुना बहुमुखी क्याम्पसबाट एमएड गरेका छन् । ढकाल निजि तथा आवासिय विद्यालय एसाेसियन नेपाल (प्याब्सन) माेरङकाे जिल्ला कार्यसमितिमा दुइ कार्यकाल सदस्य र दुइ कार्यकाल सचिव भइ प्याब्सनकाे गतिविधिमा विगत २ दशक देखी निरन्तर सक्रिय रहदै आएका छन । ढकालले प्याब्सन माेरङकाे अध्यक्ष हुदै प्रदेश न १ काे सचिव तथा वरिष्ठ उपाध्यक्षमा निर्वाचत भएर कार्यभार समेत समालेका छन् । उनी हाल प्याब्सन प्रदेश १ अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

शिक्षा ,समाजसेवा तथा प्याब्सनमा विगत लामो समय देखि सक्रिय रहेदै आएका ढकाल अबकाे शिक्षा व्यवहारिक ,समय अनुकुल तथा राेजगारीमुलक हुनु पर्ने धारण राख्छन् । ढकालले निजि बिद्यालयकाे हक हितमा काम गर्दै प्रदेश प्याब्सनलाई गतिशिल बनाएर अघि बढ्ने धारणा राखेका छन् ।

तपाईको प्रतिक्रिया